ime long ad

सामलिङ पावरको आइपीओ कात्तिक ४ देखि खुल्ने, २० हजार कित्ता भर्न पाइने

Machhapuchchhre Bank ad

kumari long ad

कात्तिक ४ गतेदेखि सामलिङ पावर कम्पनले प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये १४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले पहिलोचरणमा यसअघि आयोजना प्रभावित क्षेत्र इलाम बासिन्दाका लागि ५ लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावरले इलाम जिल्लामा ९.५१ मेगावाटको आयोजना बनाइरहेको छ ।

 

century bank long ad

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७८ कात्तिक १० बुधवार २२:०१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम...

भारी अंकले उकालो लागेको शेयर बजारमा ६ अर्ब ६१ करोडको कारोबार

भारी अंकले उकालो लागेको शेयर बजारमा ६...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:५६

काठमाडौं । सोमबार र मंगलबार भारी अंकले उकालो लागेको शेयर...

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४९

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क...

होण्डाको पहिलो विजेता घोषणा

होण्डाको पहिलो विजेता घोषणा

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४५

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक, नयाँ बोनसदर कति ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:३४

  काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा श्रीमती बिजया स्वारज्यू नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:०९

  नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा...