ime long ad

देशभरका खसीबोका काठमाडौं थुप्रिए, प्रतिकिलो मूल्य कति तोकियो ?

Machhapuchchhre Bank ad

kumari long ad

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसीबोका काठमाडौं ल्याइपुर्याएको छ । कम्पनीले बिहीबार दाङ र हेटौंडाबाट पहिलोचरणमा ७३० वटा खसीबोका ल्याएको हो ।

उक्त खसीबोका शुक्रबारदेखि नै विक्री सुरु गरिएको खाद्य कम्पनीले जानकारी दिएको छ । खाद्यले वाग्मती प्रादेशिक केन्द्र थापाथलीबाट खसीबोका विक्री गरेको हो ।

खाद्य कम्पनीका वरिष्ठ सहायक अधिकृत ललितकुमार यादवले पहिलो चरणमा ७३० वटा खसीबोका ल्याइएको जानकारी दिए । कम्पनीले १७०० खसीबोका ल्याउने भए पनि पहिलो चरणमा ७३० खसीबोका ल्याइएको बताए । अरु खसीबोका आउने क्रममा बाटोमा रहेको उनले जानकारी दिए ।

हामिले दशैंका लागि १७०० खसीबोका ल्याउने योजना छ । सोही अनुरुप पहिलो चरणमा ७३० वटा ल्याएर विक्री सुरु गरेका हौं, उनले सँग भने, बाँकी खसीबोका ढिलोमा आजसम्म आइपुग्छन् ।

कम्पनीले दशैंका लागि दाङबाट १ हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने भएको हो । कम्पनीले सबै खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र विक्री गरिने जनाएको छ । जसको लागि भेटनरी डाक्टर साथैमा राखिएको छ ।
खाद्य कम्पनी लिमिटेडले यस वर्ष पनि दशैंका लागि च्याङ्ग्रा भने विक्री वितरण नगर्ने भएको छ । दशैंका लागि च्याङ्ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण विक्री नगर्ने भएको हो ।

किलोमा १० रुपैयाँ छुट

खाद्य कम्पनीले जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएर विक्री गरिरहेको छ । खसी किन्न कम्पनीको कार्यालय थापाथली जाने ग्राहकले किलोमा १० रुपैयाँ छुट पाउने भएका हुन् ।
खाद्य कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ तोकेको छ । त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिई प्रतिकिलो ६४० रुपैयाँमा विक्री गरिरहेको हो ।

व्यवसायीद्धारा मासुको मूल्य निर्धारण

यता मासु व्यवसायीहरुले गत बिहीबार नै दशैँका लागि मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका छन् ।

व्यापारिहरुले आन्द्राभुँडी राखिएको मासु प्रतिकिलो १ हजार, बोसो राखिएकाको १ हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य १ हजार ३०० निर्धारण गरिएको हो ।यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा रागाँ र बङ्गुरको मासु ५००/५०० तोकेका छन् ।

राष्ट्रिय मासु व्यवसायी सङ्घले फूलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको छ ।

century bank long ad

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:२१

इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस...

सरकारकाे नयाँ मापदण्डमा सवारी साधन खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाई

सरकारकाे नयाँ मापदण्डमा सवारी साधन खरिददेखि वैदेशिक...

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १०:१८

    सरकारले सवारी साधन खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाई गरेको...

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:४२

नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्श

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने...

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:५०

सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा...

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:१७

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार भएको छ...

किसानको पिरमार्का नबुझ्ने सरकारको कुनै औचित्य छैन : आईटी आर्मी

किसानको पिरमार्का नबुझ्ने सरकारको कुनै औचित्य छैन...

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार २१:२३

आईटी आर्मीले कृषी बिमा लागु गर्न र अन्नदाता किसानलाई पेन्सनको...