ime long ad

एक अर्ब २७ करोड लाभांश बाँड्ने घोषणा गरेको शिवम सिमेन्ट्‌सले फलाम र खनिजको पनि उत्खनन्‌ गर्ने

Machhapuchchhre Bank ad

kumari long ad

सिमेन्ट उत्पादन गरिरहेको शिवम्‌ सिमेन्ट्सले फलाम तथा खनिज पदार्थहरूको उत्खनन्‌ गर्ने भएको छ । कात्तिक १६ मा उद्योगले साधारणसभा बोलाएको छ । सभामा यस्तो प्रस्ताव लैजाने सञ्‍चालक समितिले निर्णय गरेको हो ।

आइरन ओर, फलाम, खनिज तेल, खनिज नुन, डोलोमाइट, खरि, रेडक्ले, चुनढुंगालगायतका धातु तथा अधातु खनिज पदार्थहरूको खोज अनुसन्धान, संकलन, उत्खनन्‌, ढुवानी तथा खरिद बिक्री गर्ने प्रस्ताव उल्लेख छ । त्यस्तै चुनढुंगा उत्खनन्‌ गर्दा निस्कने ओभर वर्डनलाई खानीस्थलबाट व्यवस्थापन गर्न क्रसिङ गरी वा नगरी सडक, पुल, भवन, कुलो नहर निर्माणमा आवश्यक पर्ने निर्माण सामग्रीको रुपमा उपयोग गर्नेसम्म प्रस्ताव गरिएको छ ।

गुणस्तर तथा नापतौल विभागले एनएचएस(५७२ प्रमाणीकरण गरी शिवमलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिइसकेको छ । यसअघि पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन।एस(४९ प्रमाणीकरण गर्दै आइरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्ट कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए।

नेपालमा एन। एस। ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन।एस ५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । सन् २००९ मा हेटौंडामा स्थापित शिवम सिमेन्ट उद्योगले जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी क्लिंकर र शिवम सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

शिवम सिमेन्ट्सले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ । उद्योगको चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँ छ । जसअनुसार कम्पनीले एक अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबर लाभांश बाँड्नेछ ।

century bank long ad

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७८ कात्तिक १० बुधवार २२:०१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम...

भारी अंकले उकालो लागेको शेयर बजारमा ६ अर्ब ६१ करोडको कारोबार

भारी अंकले उकालो लागेको शेयर बजारमा ६...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:५६

काठमाडौं । सोमबार र मंगलबार भारी अंकले उकालो लागेको शेयर...

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४९

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क...

होण्डाको पहिलो विजेता घोषणा

होण्डाको पहिलो विजेता घोषणा

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४५

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक, नयाँ बोनसदर कति ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:३४

  काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा श्रीमती बिजया स्वारज्यू नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:०९

  नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा...