nic bank
himalayan everesat
Nmb bank

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३६ जना कर्मचारी माग्दा जस्मा माग गरेभन्दा झण्डै १४८ गुणा बढी आवेदन 

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

देशमा शिक्षित बेरोजगारको अबस्था कस्तोसम्म छ भन्ने एउटा तस्विर हो यो । सँगै बैंकिङ क्षेत्र त्यसमा पनि सरकारी स्वामित्वको बैंकतर्फ युवाको आकर्षण कतिसम्म छ भन्ने चित्र पनि ।

गत १५ कार्तिकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा गरी ८३६ जना कर्मचारी माग गर्यो । जस्मा माग गरेभन्दा झण्डै १४८ गुणा बढी आवेदन परेको छ ।

बैंकले बरिष्ठ प्रवन्धक,प्रवन्धक,उपप्रवन्धक,साहयक प्रवन्धक,बरिष्ठ सहायक,सहायक गरी चौथो देखि नवौं तहसम्मका गरी ८ सय ३६ कर्मचारी माग गर्दै सूचना जारी गरेको थियो ।

सिंगल दस्तुर तिरेर आवेदन दिन पाइने समयभित्र अर्थात ५ मंसिरसम्ममा सो १ लाख २३ हजार हाराहारीले आवेदन दिएका छन् । यो भनेको झण्डै १४७ गुणा बढीको आवेदन हो ।

बैंकका अनुसार, सबैभन्दा बढी आवेदन चौथो सहायक तर्फ ६५ हजार २८८ जना,सोही तह ९नगद० तर्फ १७ हजार ३२० जनाले आवेदन दिएका छन् । यस्तै पाचौं तहको वरिष्ठ सहायकमा २४ हजार ५५८ जनाले दरखास्त आह्वान दिएको बैंकले जनाएको छ ।

यस्तै पाँचौ तहको वरिष्ठ सहायक (नगद) ६ हजार १९ जनाले आवेदन दिएका छन् । छैटौं तह सहायक प्रबन्धकमा ५ हजार ६२५ जनाले आवेदन दिँदा पाँचौ तहको वरिष्ठ सहायक (सूचना प्रविधि) १०४३ जनाले दरखास्त हालेका छन् ।

उता छैटौं तहको सहायक प्रबन्धक (नगद) ६१७ जना, वरिष्ठ प्रबन्धकमा ६३, प्रबन्धकमा ६७, उप–प्रबन्धकमा ५५ जनाले आवेदन भरेका छन् । यस्तै सातौं तह उप–प्रबन्धकमा लेखातर्फ १०२ जनाले आवेदन बुझाएको बैंकले जनाएको छ ।

यस्तै छैटौं तहको सहायक प्रबन्धक (कानुन) मा १५ जना, सहायक प्रबन्धक छैटौं (सूचना प्रविधि) १२५ जना, पाँचौ तहको वरिष्ठ सहायक ९कानुन० १७३ ले आवेदन दिएका छन् ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...