Dish Media Network
global ime bank
machapuchhare  bank

शेयर कारोबारमा राष्ट्र बैंकको कडाई

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । शेयर माफियाहरुले चलखेल गरेको आशंकापछि नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर खरिद बिक्रीमा थप कडाई गरेको छ । एकीकृत निर्देशिकामा संशोधन गर्दै केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकको शेयर कारोबारमा कडाई गरेको हो ।

सोमबार निफ्रा लक्षित एक सर्कुलर जारी गर्दै १० प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिद गर्न नपाउने व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्था अनुसार कुनै व्यक्ति फर्म, कम्पनी, एकाघर परिवार वा संगठित संस्थाले निफ्राको संस्थापक शेयर बढीमा १० प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सोसम्बन्धी अवस्था एकीन गरेर मात्र निफ्राको संस्थापक सेयर खरीदरबिक्री कार्य गर्न गर्न गराउन निर्देशन दिएको छ । यसअघि बढीमा १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था थियो । नयाँ व्यवस्थासँग २० अर्ब चुक्ता पुँजि भएको निफ्राको शेयरको चलखेल थप न्यूनिकरण हुने विश्वास लिइएको छ ।

केन्द्रीय बैंकले सोमबार जारी गरेको सूचना अनुसार निफ्राको चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिद बिक्री गर्नुपर्ने भएमा समेत राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकमा पनि बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)अनुसारको व्यवस्था गरेको हो ।

जारी सकुर्लरमा भनिएको छ–‘चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी संस्थापक शेयर धारण गरेको अवस्थामा त्यस्तो सेयर टुक्रा टुक्रा गरी वा एकमुष्ट रुपमा संस्थापक समूहमा नरहेको व्यक्तिलाई बिक्री गर्नु परेको खण्डमा सेयर बिक्री÷हस्तान्तरण वा नामसारी गर्न यस बैंकको स्वीकृति लिनु पर्नेछ ।’

यस्तै, निफ्राले हकप्रद सेयर निष्काशन गर्दा साविकका संस्थापक सेयरधनीहरुले खरीद गर्न पाउने हकप्रद सेयरको सम्पूर्ण वा आंशिक हक हस्तान्तरण गर्न चाहेमा प्रचलित कानूनबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था गरी चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीको हकमा सम्बन्धित संस्थाले नै संस्थापक सेयरधनीको लागि तोकिएको योग्यता अर्थात् फिट एण्ट प्रोपेर पास गरेको व्यक्तिलाई मात्र बिक्री गर्न सक्नेछ ।

ADBL
prabhu bank

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ : अध्यक्ष केसी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी...

वि.सं.२०७९ चैत १७ शुक्रवार ०८:५५

  काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर...

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३९

  काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै...

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३५

        काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा÷विद्यार्थीहरू...

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:३१

    काठमाडौं । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड...

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५९

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी...

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय...

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५४

  काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी...