nic bank
himalayan everesat
Nmb bank

दुई कम्पनीले पाए आइपीओ निष्काशन गर्न अनुमति, कहिले हुन्छ जारी ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । दुई कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

सीवाइसी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

हाल ८ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत आइपीओ जारीपछि चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

त्यसैगरी, रिभर फल्स पावरले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणको लागि सेयर जारी गर्नेछ । हाल ३५ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि ७० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...