Dish Media Network
global ime bank
machapuchhare  bank

हिामालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं ।  तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि राजधानीमा सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गर्नुभएको छ ।

एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको अवस्थामा उर्जा क्षेत्रमा भएको विकास अपेक्षित रुपमा हुन नसकेको बताउनु भयो । यद्यपी उर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई थियो ।

पछिल्ला वर्षहरुमा उर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले उर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको भन्दै खुसी व्यक्त गर्नु भएको छ । समृद्ध नेपाल र सुखी नेपालीको सङकल्प पुरा हुनु पर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले जलस्रोतको बहुआयामिक उपयोगमा जोड दिनु् भएको थियो ।

देशका विभिन्न स्थानमा अझै पनि बिजुलीको पहुँच नपुगेको भन्दै राष्ट्रपति भण्डारीले यसमा सम्बद्ध सबै पक्षले चासो दिनु पर्ने बताउनु भयो । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै हरियाली प्रवद्र्धनमा लाग्न आग्रह गर्नु भएको थियो ।

सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यात हुन लागेको भन्दै राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्नु भएको थियो ।

जलविद्युत क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनी जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्धेश्यले एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पोलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युतको विकासका लागि मन्त्रालयले करहमेसा पहलकदमी लिइरहेको बताउनु भएको थियो ।उर्जाको विकासमा वन मन्त्रालयसँग जोडिएका कुनै पनि कामलाई ढिलासुस्ती गर्ने काम नभएको भन्दै मन्त्री यादवले उर्जा विकासमा निजी क्षेत्रले गरिरहेको काम अझै बिस्तार भएर जानु पर्नेमा जोड दिनु भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले उर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुन नसकेको बताउनु भयो । नीति नियम तथा उच्च तहका व्यक्तिहरुको बोलाईभन्दा व्यवहार उल्टो हुने गरेकाले समस्या हुने गरेको भन्दै श्रेष्ठले बोली र नियम अनुसार काम गर्न ध्यानाकर्षण गराउनु भयो ।

नेपाल उद्योग परिसङका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रमैत्री नीति तथा कानुन राम्रो भए पनि व्यवहारिक पाटे कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताउनु भएको थियो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिको आयोजनामा सुरु भएको एक्स्पोले उर्जा विकासमा अवसरको खाजी गर्ने अपेक्षा गरिएको छ ।

इपान अध्यक्ष कृष्ण प्रसाद आचार्यले निजी क्षेत्रको लगानीमा नै उर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताउनु भएको थियो ।

उर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उपान अध्यक्ष आचार्यले उर्जा उत्पादन सम्भाव्यताको झण्डै ५ प्रतिशत मात्र उर्जा उत्पादन भएको बताउनु भयो । २०४७ सालको परिवर्तन पछि निजी क्षेत्रले १ हजार ५०० मेगावाट विद्युत उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत खरिद बिक्री सम्झौता हुन नसक्दा प्रवद्र्धकहरु हतोत्साहित बनेको आचार्यको भनाई थियो ।
आगामी ५ वर्षमा निजी क्षेत्रबाट १७ खर्ब लगानी हुने प्रक्षेपण गर्दै आचार्यले निती नियमका माध्यमबाट सहजीकरण हुनेमा आशावादी रहेको आचार्यले बताउनु भयो ।

 

नेपाल भारत उर्जा व्यापारमा सक्रिय रुपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इडियन इण्डिष्ट्रिजका डा. भुपेन्द्र कुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

एक्स्पोमा टाइटल स्पन्सर गरेको एनएमबी बैंकले क्लिन इनर्जीलाई प्राथमिकतामा राख्ने भन्दै ९.९९ प्रतिशत व्याजदरमा विद्युतीय सवारी साधनमा फाइनान्सिङ गर्ने जानकारी एक्स्पोमा दिइएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इपान उपाध्यक्ष आशिष गर्गले उक्त विषयलाई उजागर गर्न विद्युतीय सवारी साधनको चाबी

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिनुभयो ।

एक्स्पोको उद्घाटन पूर्वबृहद् विद्युतीय सवारी ¥याली पनि आयोजना गरिएको थियो । देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषय वस्तुमा तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको सो अवसरमा जानकारी दिइयो ।

आज मात्रै जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफलको आयोजना गरिएको छ ।

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...