NABIL BANK AD
NIC ASIA BANK –  AD
prabhu life ad long

बिकासको साधक हुनुपर्ने नेताहरुनै बाधक बने : अध्यक्ष ढकाल

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

नुवाकोट । आसन्न स्थानीय तहको निर्बाचनको मिति नजिकिएसँग नेपाल परिवार दलले चुनाब केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ । बैकल्पीक प्रजातान्त्रीक धारको रुपमा नेपालको राजनीतिमा आएको परिवार दलको नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार नुवाकोट विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन् गरेको छ ।

दलका जिल्ला अध्यक्ष शिवकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरुको आयु सकिएको बताउदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे । उनले भने बिकासको साधक हनुपर्ने नेताहरुनै बाधक बनेकोले स्थानीय तहमा अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको बताए ।

पूर्वमन्त्री समेत रहेका ढकालले देश परिवर्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वको प्रमुख भुमिका रहे पनि वर्तमान अवस्थामा जन्मदर्ता प्रमाण पत्र बनाउन देखि मृत्यु दर्ता प्रमाणपत्र बनाउन समेत भनसुन र कमिसन दिनुपर्ने स्थिति सिर्जना भएको बताए । उनले पुराना नेताहरुले नितिगत रुपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरु सचेत भएर नयाँ नेतृत्व चुन्नु पर्नेमा जोड दिए ।ढकालले आसन्न स्थानीय निर्बाचनमा आफ्नो पार्टीले भाग लिनको लागि ७६ जिल्लाको विवरण निर्बाचन आयोगमा पेश गरेको बताउदै निर्बाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

दलका महामन्त्री सन्तोष कुमार पौडेलले पार्टी स्थापना काल देखि नै जनताको घर दैलोमा पुगेर साथ दिएकाले हामिलाई पार्टीको आकारले खासै प्रभाव नपारेको बरु जनताहरु बिस्तारै परिवार दलमा आकर्षित भएको बताए ।

दलका अर्का महामन्त्री प्रकाश बाबू थापाले यूवाहरु परिवर्तनको संवाहक भएता पनि आजको नाजुक परिस्थितिले आफुलाई कहाली लागेको र आफू परिवार दलमा आएर सचेत नभएको भए विदेशी भुमिमा श्रम बेचेर बस्नु पर्ने अवस्था गरेको बताए । पीस फोर्सका अध्यक्ष रविन्द्र चौलागाईले भत्किएका यूवा संस्कारहरुलाई पुनस्थापना गर्न पिस फोर्स जन्मिएको बताएका थिए ।

दलका युवा नेता ढुण्डिराम खनालले सबै भन्दा बढि बजेट नुवाकोट जिल्लामा विनियोजन भएता पनि बाटैमा भ्रष्टचार गरि नुवाकोटे जनतालाई उनिहरुले अपराध गरेको बताए । अध्यक्ष ढकालले बिभिन्न दल परित्याग गरेका दर्जनौ व्यक्तिहरुलाई परिवार दल को सदस्यता वितरण गदै दलमा प्रबेस गराएका थिए ।

यसै बीच दलको भार्त संगठन पिस फोर्स नुवाकोट जिल्ला कमिटी गठन गरेको छ । अर्जुन मिजार अध्यक्षतामा बनेको कमिटिमा, वरिष्ठ उपाध्यक्षमा विक्रम थापा मगर, उपाध्यक्षमा रिता कुमाल, सचिवमा कुसल श्रेष्ठ, सह– सचिवमा उद्दव अधिकारी, कोषाध्याक्षमा सरस्वती रिजाल, सह– कोषाध्यक्षमा उत्तम राज अधिकारी र जिल्ला सदस्यहरुमा सुजिता अधिकारी,गणेश श्रेष्ठ ,विजय तामाङ ,पुष्पा तामाङ,संगिता श्रेष्ठ ,दिपासा कुमाल ,सुस्मिता कुमाल ,सरिता कुमाल, सुसक कुमाल लगायत रहेका छन् ।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो – किरण शाख

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१९

  काठमाडौं । सरकाले प्रत्येक वर्ष लिने स्थिर कर नीतिका...

विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च

विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४०...

वि.सं.२०७९ असार १७ शुक्रवार १४:०७

  काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन...

स्टार्टअप वल्र्डकप नेपाल– २०२२ असार २२ गते हुने

स्टार्टअप वल्र्डकप नेपाल– २०२२ असार २२ गते...

वि.सं.२०७९ असार १६ बिहीवार २१:५८

  काठमाडौं । १५ असार, स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा...

सिबिफिनका पदाधिकारीद्वारा देशको आर्थिक अवस्था सुधारका विषयमा प्रधानमन्त्रीसँग छलफल

सिबिफिनका पदाधिकारीद्वारा देशको आर्थिक अवस्था सुधारका विषयमा...

वि.सं.२०७९ असार १६ बिहीवार २१:३८

  (भोजबहादुर शाह, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता ) काठमाडौं ।...

पर्यटन र हवाई यातायातमा समुचित व्यवस्थापनको अभाव

पर्यटन र हवाई यातायातमा समुचित व्यवस्थापनको अभाव

वि.सं.२०७९ असार १६ बिहीवार २०:५१

— हरि गोपाल प्रधान काठमाडौ । संसारको जुनसुकै राष्ट्रको समुन्नति...

नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति सपथ...

वि.सं.२०७९ असार १५ बुधवार २२:२५

  काठमाडौं । बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र...