आयात प्रतीतपत्र एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई नाडाको आग्रह

वि.सं.२०७८ चैत २५ शुक्रवार २३:५४

काठमाडौं । नाडा अटोमोबाइल्स अफ नेपालले आयात प्रतीतपत्र ९एलसी० खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्री शेरबहादुर देउवासंग आग्रह गरेको छ ।
अध्यक्ष धुव्र थापा नेतृत्वको चार सदस्यीय प्रतिनिधी मण्डलले शुक्रबार प्रधानमन्त्रीसंग भएको भेटघाटका क्रममा नाडाले सो कुराको आग्रह गरेको हो । २ खर्व भन्दा बढीको लगानी रहेको र हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको नेपालको अटोमोवाइल क्षेत्रलाई सरकारले नजरअन्दाज गरेको थापाले जिकिर गरेका छन् ।
बैङ्क जस्ता वित्तीय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी प्रतितपत्र ९एलसी० खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा नाडाको गुनासो रहेको र यसबारे तत्काल सम्बोधन गर्न नाडाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।
सोही छलफलका क्रममा अटोमोवाइल क्षेत्रको ठूलो योगदानका वावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको अटोमोवाइल महासचिव सुरेन्द्र कुमार उप्रेतिले बताए । उक्त सुझावहरुलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिएको नाडाले जनाएको छ ।