nic bank
himalayan everesat
Nmb bank

तरलता अभाव हुँदा पनि घरजग्गा कारोबार ह्वात्तै फस्टायो, कहाँ कति घर जग्गा कारोबार भयो ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । तरलता अभावमा पनि घरजग्गा कारोबारमा भने उत्साह देखिएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा करिब ७१ हजार हाराहारीमा घरजग्गा किनबेच भएको छ ।

तरलता अभाव नभएको समयमा पनि मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएको थियो ।
गत माघ महिनामा घरजग्गा किनबेचमा उल्लेख्य वृद्धि भएकोमा फागुन र चैतमा भने सामान्य अवस्थाको जस्तै कारोबार भएको हो ।

चैत महिनामा देशभरका मालपोत कार्यालयबाट १ लाख ५९ हजार २६४ सेवा प्रवाह हुँदा ७० हजार ८ सय ३० घरजग्गा किनबेच भएको ले जनाएको छ । गत फागुनमा महिनामा ७४ हजार ३६ घरजग्गाको किनबेच भएको थियो । जुन साउनपछिकै सबैभन्दा बढी किनबेच भएको थियो ।

चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार ८३० लिखत पारित हुँदा ६ हजार २८७ नामसारी, ४ हजार ४२३ संशोधन, ३५ हजार ३४० रोक्का, २३ हजार ४ सय फुकुवा र २ हजार ९४ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

चैत महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट चैत महिनामा मात्रै ३५ सय २३ घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, बेलबारी मोरङबाट २८ सय ३४, भद्रपुर झापाबाट २७ सय ६८, जनकपुरधाम धनुषामा २३ सय ७६, नेपालगञ्जबाट २२ सय ७१, ललितपुर लगनखेलबाट २ हजार ९६ र भक्तपुरबाट १९ सय ४९ घरजग्गा किनबेच भएको छ ।

काठमाडौंमा मात्रै करिब ९ हजार किनबेच
चैत महिना ७१ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा चैत महिनामा करिब ९ हजार घरजग्गा उपत्यकामा मात्रै किनबेच भएको छ ।

विभागको तथ्याङ्कअनुसार फागुन महिनामा ५५ सय ३६ घरजग्गा किनबेच भएकोमा चैत महिनामा उच्च रुपमा किनबेच भएको छ । चैत महिनामा तीन वटा जिल्लाको मालपोत कार्यालयबाट ८ हजार ८५३ वटा घरजग्गाको किनबचे भएको छ ।

चैतमा महिनामा उपत्यकामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ९६ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । त्यसैगरी, भक्तपुरबाट १९ सय ४९, कलंकीबाट १७ सय २४, साँखुबाट १ हजार ३८, चावहिलबाट ७ सय ५८, डिल्लिबजारबाट ३१५, टोखाबाट २९३, गोटीखेलबाट ४१ र मनमैजुबाट ६३९ वटा घरजग्गाको किनबेच भएको छ ।

करिब ६ अर्ब राजस्व संकलन
चैत महिनामा विभागले देशभरबाट करिब ६ अर्ब राजस्व संकलन गरेको छ । विभागका अनुसार चैत महिनमा देशभरको मालपोत कार्यालयबाट ५ अर्ब ७५ करोड ७४ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।

सो महिना सेवा करवापत २३ करोड ६६ लाख ९२ हजार, बागमतीवापत १७ करोड ९० लाख ३९ हजार, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ४८ करोड ८७ लाख, पूँजीगत लाभ करवापत १ अर्ब ३० करोड र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी लगनखेलबाट संकलन गरेको छ । जसमा लगनखेलबाट ५८ करोड ४५ लाख, कलंकीबाट ४० करोड ५० लाख, डिल्लिबजारबाट ३४ करोड ५० लाख, भक्तपुरबाट ३२ करोड ४० लाख, चावहिल ३० करोड ३६ लाख, मनमैजु १४ करोड ६८ लाख र काभ्रेपलाञ्चोकबाट १४ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...