nic bank
himalayan everesat
Nmb bank

सर्जकमारा बिध्नबासिनी म्यूजिक र मुक्तिनाथ बैंक,नेपाल लाइफ इन्स्योरेन्सबीचको अनौठो कनेक्सन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं। कमलपोखरीमा मुख्यालय रहेको मुक्तिनाथ विकास बैंक र सर्जकमारा कम्पनीको रुपमा चिनिएको बिध्नबासिनी म्यूजिकबीच अनौठो कनेक्सन देखिएको छ । बैंकले विगतका केही बर्षदेखि नियमित रुपमा सो कम्पनीमाथि बार्षिक लाखौं रकम खन्याउँदै आएको छ ।

सोही बैंकको प्रायोजनमा हिजोमात्र १२ औं बिध्नबासिनी म्यूजिक अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । जस्को प्रस्तुति मुक्तिनाथ विकास बैंकले गरेको थियो भने मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको थियो ।

मुक्तिनाथले विगत केही बर्षदेखि सो कम्पनीको म्यूजिक अवार्ड कार्याक्रमको प्रायोजन गर्दै आइरहेको छ । यस पटक यो इस्यु किन उठ्दैछ भने मुक्तिनाथ बैंक र नेपाल लाइभ जस्तो ख्याती प्राप्त कम्पनीहरुले जुन म्यूजिक अवार्डमा लगानी गरिरहेका छन् सो कम्पनीको मालिकका अत्याचारविरुद्ध ५७ भाई संगीतकर्मी प्रहरीमा पुगेका थिए ।

रोयल्टीको विवाद उत्कर्षमा पुगेसँगै ५७ स्रष्टाले महानगरीय प्रहरी परिसर, टेकुमा ध्यानाकर्षणसहितको एउटा अपील दर्ता गराएका थिए । गत बर्ष अर्थात ०७७ साल पुस २३ गतेको मितिमा दर्ता गरिएको उक्त अपीलमा ५७ जना श्रष्टाहरुले हस्ताक्षर गरेका छन् ।

प्रमोद खरेलको रोयल्टी विवादमा सुवास रे्ग्मी मुछिए पछि प्रमोदको पक्षमा संगीतकारहरु लक्ष्मण शेष, गायक राजेशपायल राई, गायक शिव परियार, गायक तथा संगीतकार सत्यराज आचार्य, गायिका ईन्दिरा जोशी, संगीतकार राजन ईशान, गायक तथा संगीतकार स्वरुपराज आचार्य, गायक तथा संगीतकार उदेश श्रेष्ठ, गायक तथा संगीतकार धीरज राई, संगीतकार अर्जुन पोखरेल, गायक कमल खत्री, गायक तुलसी पराजुली, गायक तथा संगीतकार प्रमोद खरेल, संगीतकार चेतन सापकोटा, संगीतकार कालीप्रसाद बासकोटाका साथैं गीतकार घनश्याम खतिवडा, अभिनेता रविन्द्र खड्का, संगीतकार वसन्त सापकोटा, गायक दीप श्रेष्ठ, गायक उदय सोताङ, गायक आनन्द कार्की, गायिका अञ्जु पन्त, गीतकार डिपी खनाल, गायक तथा संगीतकार शंकर थापा स्माइल, गायक रामकृष्ण ढकाल, गायक निशान भट्टराई, गायक भिमसेन लामा, गीतकार महेश आचार्य, गीतकार वसन्त वित्यासी थापा, संगीतकर्मी भरत बोमजन, संगीतकार सचिन सिंह, संगीतकर्मी शंकर दुलाल, संगीतकार हरी लम्साल, संगीतकर्मी अष्ट लामा, गायक राज सिग्देल, संगीतकार सुनिल मास्के, गायक गौरव दर्पण, गायक सिडी विजय अधिकारीले उनको विपक्षमा उभिएका थिए । यस्तै श्रीकृष्ण बम मल्ल, गायक दीपक बज्राचार्य, गायक सन्तोष लामा, संगीतकर्मी शिव मुखिया, संगीतकार तथा गायक जेम्स प्रधान, संगीतकार पारस मुकारुङ, संगीतकार ताराप्रकाश लिम्बु, संगीतकर्मी दीपक सापकोटा, संगीतकर्मी सुनिल बिसी, गायक ईन्द्र आरपी, गायक मिथुन सिवा, गायिका सृष्टि हिङ्माङ, गायक शान्तिम कोइराला, संगीतकर्मी रोशन सिंह, गायिका अस्मिता अधिकारी, संगीतकर्मी सम्रात चौलागाईं, गायिका एलिना चौहान तथा गायिका रचना रिमालले समेत विध्नबासिनी म्यूजिकको अत्याचारविरुद्ध प्रहरीमा पुगेका थिए ।

तिनै संगीतकर्मीको खुन,पसिना चुस्ने गरेको आरोप लागेका विध्नबासिनीमाथि आँखा चिम्लेर मुक्तिनाथ विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सले लाखौं लगानी गर्दै आइरहेको को भेटिएको छ ।

यसरी संगीतकर्मीहरुको खुन पसिना चुस्दै आएको सो कम्पनीले दिएको लाईफ टाइम एचिभमेन्ट वरिष्ठ गीतकार यादव खरेलले अस्विकार गर्नु भएको छ ।

ठुलो स्थानीय तहमा बजेट होल्ड , सानो तहमा अभाव छ : मन्त्री जोशी

ठुलो स्थानीय तहमा बजेट होल्ड , सानो...

वि.सं.२०८१ वैशाख ८ शनिवार १८:४२

  ललित बोहरा , डडेल्धुरा  :  ठुलो स्थानीय तहमा बजेट...

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:५८

अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन...

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट, कतारको अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट,...

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:२१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी...

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा खानीमा साउदीको लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा...

वि.सं.२०८१ वैशाख ८ शनिवार १५:२७

    आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम...

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...