nic bank
himalayan everesat
Nmb bank

सहकारी क्षेत्रमा विद्यमान कानूनहरुको संशोधन जरुरी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानूनहरुको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन जरुरी भएको आवाज उठेको छ ।

राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरमका अवसरमा सहभागीहरुले युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सोही अनुरुपको कार्ययोजना जरुरी रहेको बताए ।

शुक्रबार र शनिबार काठमाडौंमा सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको उक्त फोरममा सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने, युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने लगायतका माग पनि अघि सारेका छन् ।

सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने र सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने लक्ष्य फोरमले लिएको छ ।

यस्तै सहकारी मार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने ,सहकारीमा युवा उद्यमशिताका नतिजाहरुको तथ्यांक एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन बताइएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्नसके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारी मार्फत उद्यमशिलताको विकास गर्न एक जुट भएर युवा सहकारीकर्मीहरु जुट्नुपर्ने बताए ।

फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती भएको महासंघका संचालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए । उनले कार्यक्रम गर्नुको मुल उद्देश्य भनेको सहकारी मार्फत उधमशिलतामा युवाहरुको सहभागिता बढाउन प्रेरणदायी भएको बताए । दुई दिनसम्म चलेको फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरु सहभागी थिए । फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।

सहकारीमा पूँजी, श्रम र सीप आवश्यक

उक्त कार्यक्रममा सहकारीबारे आफ्नो प्रश्तुती दिंदै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक आन्दोलनमा लाग्नुपर्ने पनि बताए । अमेरिका, बेलायत, जापान, युरोप जस्ता देशहरु कुनै बेला अविकसित रहेको उदाहरण दिंदै पाण्डेले नेपाल पनि अब आर्थिक क्रान्तिमार्फत समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए ।

आगामी निर्बाचनमा सही पार्टी र उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै पूर्वमन्त्री पाण्डेले चुनावले नै मुलुक समृद्धिको आधार तयार गर्ने बताए ।

कार्यक्रमका अवसरमा आफ्ना अनुभव सुनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवम आइएमइ ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले सहकारीको माध्यमबाट पूँजी, श्रम र सीपलाई अघि बढाउन सकियो भने सफल हुन सकिने बताए । उनले धैर्यता, मेहेनत र प्रतिबद्धतालाई प्राथमिकतामा राखेर सहकारीमार्फत काम गर्न सकियो भने सफल बन्न सकिने बताए ।

उद्यमशीलताका लागि आफूहरु सहकार्य गर्न जहिल्यै तयार रहेको जानकारी दिंदै ढकालले चन्द्रगिरी हिल्स र आइएमइ रेमिट्यान्टसले पाएको व्यवसायिक सफलताको कथा पनि सुनाए ।

उनले भने,‘नेपालमा संभावनाहरु प्रशस्त छन । सोच र शक्ति प्राथमिकतामा राख्नुपर्छ । तपाइँहरुले देखिरहनु भएको छ, कोभिडपछि विदेशी पर्यटक नआउँदा आन्तरिक पर्यटन गतिविधि जुन रुपले बढीरहेको छ, त्यसले हामीलाई सिक्ने मौका दिएको छ । विदेशीलाई मात्र पर्यटक मान्ने मानसिकताको अन्त्य भएको छ ।’

उनले सहकारीसँग जोडिएका ७३ लाख जनसंख्यालाई सामूहिक रुपमा जोडेर लान सकियो भने समृद्धि हासिल गर्न सकिने बताए । उनले भने,‘७३ लाख जनसंख्यालाई सातै प्रदेशमा परिचालन गर्न सकियो भने पूर्वाधार निर्माण देखि विकासका सबैखाले काममा अघि बढाउन सकिन्छ । समृद्धिलाई बढावा दिन सकिन्छ ।’

त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा।देवराज रोकाले मुलुकको अर्थतन्त्र सक्षम र उत्पादनमुखी बनाउन सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

आफ्नो प्रश्तुती दिंदै डा।रोकाले राजश्व र रेमिट्यान्सलाई मात्र अर्थतन्त्रको आधार मान्दा उल्लेख्य प्रगति हुन नसकेकाले अब सहकारीहरु उत्पादनशील बनेर सुधारमुखी अर्थतन्त्रमा केन्द्रीत हुनुपर्ने औंल्याए ।

‘सहकारी संस्थाहरु गाउँ शहरमा क्रियाशील छन् । सुत्केरी र क्रियापुत्री उतार्नेदेखि विहेबटुलु सफल बनाउन क्रियाशील छन् । सहकारीहरुमा एकता देखिन्छ । तर अब सहकारीहरु उत्पादनमुलक क्षेत्रमा लगाएर उद्यमशील बन्नुपर्छ,’उनले भने,‘देशका ३२ हजार सहकारी संस्थाहरुलाई राज्यका महत्वपूर्ण माध्यम हुन । ती सहकारीहरुलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा केन्दीत गराउन सही परामर्श, विषयगत अवसर र नीतिगत रुपमा सहज बनाइनुपर्छ ।’

देशमा जस्तोसुकै योजना वा बजेट निर्माण भए पनि ति परम्परागत रहेकाले अबका दिनमा सहकारीलाई राज्यले सहजीकरण गर्दै विषयगत क्षेत्रमा लगानी जरुरी रहेको उनको भनाइ थियो । उत्पादन बृद्धि गर्न पूँजी र पैसालाई मात्र प्राथमिकतामा राख्नु गलत रहेको उल्लेख गर्दै उनले सोच मार्फत मात्र उद्यमशील बन्न सक्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए ।

अन्तिम दिनको कार्यक्रममा देशभरबाट आएका सहकारी अभियन्ताहरुले सहकारी क्षेत्रको सुधारका लागि थुप्रै ऐन तथा कानूनहरुको शंसोधन आवश्यक रहेको बताए । सहकारीमार्फत आर्थिक तथा सामाजिक अभिबृद्धि गर्न राज्यले धेरै विषयमा ध्यान दिनुपर्ने माग राखे । विषयगत क्षेत्रमा सरकारीमार्फत सामूहिक लगानी गर्न नीति, ऐन तथा कानूनहरु बाधक बन्ने गरेकाले त्यसको सुधारका लागि गम्भीर बन्नुपर्ने औंल्याए ।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....