NABIL BANK AD
NIC ASIA BANK –  AD

अर्थ मन्त्रीसंग नाडा प्रतिनिधि मण्डलको भेट, अर्थ मन्त्री सकारात्मक

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले माननीय अर्थ मन्त्री श्री जनार्दन शर्मासंग भेट गरेको छ ।
माननीय मन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिनु भयो । उहाँले भन्नु भयो, अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो उहाँले भन्नुभयो ।

निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो । अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताउनु भयो । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ ।

यो सर्वथा गलत हो भन्नु हुदै उपस्थित नाडा प्रतिनिधिहरुलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको बास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गर्नुभयो । उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दे ३ खर्व ५० अर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताउनु भयो ।

सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गर्नु भएको थियो । त्यसैगरी उहाँले काठमाण्डौंमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट बिनियोजन गरि दिनु हुन समेत अनुरोध गर्नु भएको थियो ।

उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुंदा देशमा पर्न सक्ने असरहरुबारे माननीय मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । त्यसैगरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गर्नु भएको भएको थियो ।

सोही छलफलको क्रममा महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त बातावरण तयार गरि दिन आग्रह समेत गर्नु भएको थियो । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

 

 

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

नौ महिनामा मोटरसाइकल र गाडी आयात बाट राज्यले भेला गर्यो ३९ अर्ब

नौ महिनामा मोटरसाइकल र गाडी आयात बाट...

वि.सं.२०७९ वैशाख १८ आइतवार ०९:३१

काठमाडौं । मोबाइल, २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र कार/जिप/भ्यान...

ललितपुरको इमाडोलमा हुण्डाको सर्भिस सेन्टर स्थापना

ललितपुरको इमाडोलमा हुण्डाको सर्भिस सेन्टर स्थापना

वि.सं.२०७९ वैशाख ४ आइतवार १५:०६

काठमाडौं  । ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर...

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले आकर्षक छुट दिने

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले आकर्षक...

वि.सं.२०७८ चैत २७ आइतवार २३:४४

  काठमाण्डौ । बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा...

आयात प्रतीतपत्र एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई नाडाको आग्रह

आयात प्रतीतपत्र एलसी खोल्ने कार्यलाई निरन्तरता दिन...

वि.सं.२०७८ चैत २५ शुक्रवार २३:५४

  काठमाडौं । नाडा अटोमोबाइल्स अफ नेपालले आयात प्रतीतपत्र ९एलसी०...

विद्युतीय सवारी साधनमा सरकारी योजना कार्यान्वयन फितलो, दबाब बढाउन र्याली गर्दै इप्पान

विद्युतीय सवारी साधनमा सरकारी योजना कार्यान्वयन फितलो,...

वि.सं.२०७८ चैत १७ बिहीवार १०:४६

काठमाडौं  । सरकारले २०७१ सालमा पाँचवर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन...

निशान म्याग्नाइटले ५० हजार युनिट उत्पादनको माइलस्टोन पुरा गर्यो

निशान म्याग्नाइटले ५० हजार युनिट उत्पादनको माइलस्टोन...

वि.सं.२०७८ चैत १४ सोमवार ०९:०९

  काठमाडौं । निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट...