nic bank
Nmb bank
Machhapuchchhre Bank

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड  रुपैयाँ खुद नाफा 

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आवमा बैंकको नाफा घटेको देखिएको छ ।

गत आवको तुलनामा यस आवको तेस्रो त्रैमासमा बैंकको नाफा ८.९१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशतले बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ९६ करोड ९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ । बैंकले चैतसम्म कुल २ खर्ब ३४ अर्ब २२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ प्रवाह गरेको छ ।

त्यसैगरी, बैंकको निष्क्रिय कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ । बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ ।
यस्तै, तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ । बैंकको सीडी रेसियो ९१.४७ प्रतिशत छ ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष १६.५६ प्रतिशत घटेको छ । बैंकको जगेडा कोष गत वर्षको तेस्रो त्रैमासमा १५ अर्ब ६९ करोड १९ लाख रुपैयाँको रहेकोमा चालु आवको चैतसम्ममा १४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२६

  काठमाडौं । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल...

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने...

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक...

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

वि.सं.२०८० चैत १६ शुक्रवार १३:१२

  काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती...

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न...

वि.सं.२०८० चैत १६ शुक्रवार १०:१४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक...

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार १०:११

  काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक...

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली...

वि.सं.२०८० चैत १५ बिहीवार २३:२४

  काठमाडौं। झापाको कन्काई नगरपालिकाले नगरवासीका लागि डिजिटल ठेगाना प्रणाली...