NABIL BANK AD
NIC ASIA BANK –  AD

क्यान इन्फोटेक २०२२ को शुभारम्भ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीद्वारा उद्घाटन

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

काठमाडौं । कम्युटर अशोसिएसन अफ नेपाल (क्यान) महासघंको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२ सुरु भएको छ । वर्षेनि आयोजना हुँदै आएको यो मेला कोभिड महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २७औं संस्करणको क्यान इन्फोटेक उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री कार्कीले निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा आईसीटी क्षेत्रको विकास विस्तारमा सरकारले काम गरिरहेको भनाइ राखे ।
क्यान महासंघले सूचना प्रविधिको प्रवर्द्धन तथा चेतना विस्तारमा उल्लेख्य भूमिका खेलेको भन्दै मन्त्री कार्कीले प्रशंसासमेत गरे । साथै उनले सरकारी कार्यालयलाई पेपरलेस बनाउने अभियान थालिएको र यसको सुरुवात आफ्नो मन्त्रालयबाट सुरु भएको जानकारी दिए ।६ दिनसम्म चल्ने क्यान इन्फोटेक मेलामा विभिन्न कम्पनीका १७० स्टल छन् ।

यसअन्तर्गत ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, ई९गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई९फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्ड रहेका छन् ।

अवलोकनर्ताले इन्फोटेक मेलामा विभिन्न सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने आयोजकले जनाएको छ ।

साथै सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध छन् ।यसैगरी आईओटी, ब्लक चेन तथा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपाली ब्राण्डिङका साथै स्टार्टअप र इनोभेसनको प्रवर्द्धनलाई विशेष जोड दिइएको छ ।

मेलाको अवसर पारी कम्पनीहरूले छुट तथा अफर समेत घोषणा गरेका छन् । मेलाको शीर्ष प्रायोजक आईएमई पेले रु। १ मै टिकट काट्ने सुविधा दिएको छ । त्यस्तै डिशहोमले १०० एमबीपीएस इन्टरनेट प्याकेजमा विशेष छुट ल्याएको जानकारी दिएको छ ।

त्यस्तै नमस्ते पे पहिलो पटक इन्स्टल गरी पहिलो कारोबार गर्ने प्रयोगकर्तालाई कम्पनीले क्यासब्याक उपलब्ध गराउने जनाएको छ । त्यस्तै स्प्यारो एसएमएसले ५ हजार रुपैयाँमा ५ हजार एसएमएस पठाउने सुविधा दिएको छ ।

साथै कम्पनीले भाइबर म्यासेजिङ र ब्रोडकास्ट म्यासेज पठाउने सुविधा पनि सुरूवात गरेको छ । त्यस्तै नेटवर्किङ ब्राण्ड डिजिकमले आफ्ना उत्पादनमा विशेष अफर ल्याएको जानकारी दिएको छ ।

 

मेलामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सका विद्यार्थीले आफूले इनोभेटिभ प्रडक्ट प्रदर्शनी गरेका छन् ।

क्यान इन्फोटेकलाई साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।यस पटकको मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजको रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ ।

साथै प्लेटिनम प्रायोजकमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।काठमाडौं । कम्युटर एशोसिएसन अफ नेपाल ९क्यान० महासघंको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२ सुरु भएको छ । प्रत्येक बर्ष यो मेला कोभिड महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन ।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २७औं संस्करणको क्यान इन्फोटेक उद्घाटन गरेका छन् । गरिरहेको भनाइ राखे ।

क्यान महासंघले सूचना प्रविधिको प्रवर्द्धन तथा चेतना विस्तारमा उल्लेख्य भूमिका खेलेको भन्दै मन्त्री कार्कीले प्रशंसा समेत गरेका थिए ।
साथै उनले सरकारी कार्यालयलाई पेपरलेस बनाउने अभियान थालिएको र यसको सुरुवात आफ्नो मन्त्रालयबाट सुरु भएको जानकारी दिए ।६ दिनसम्म चल्ने क्यान इन्फोटेक मेलामा विभिन्न कम्पनीका १७० स्टल छन् ।

यसअन्तर्गत ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, ई९गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई९फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्ड रहेका छन् ।
अवलोकनर्ताले इन्फोटेक मेलामा विभिन्न सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने आयोजकले जनाएको छ । एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध छन् ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपाली ब्राण्डिङका साथै स्टार्टअप र इनोभेसनको प्रवर्द्धनलाई विशेष जोड दिइएको छ ।
मेलाको अवसर पारी कम्पनीहरूले छुट तथा अफर समेत घोषणा गरेका छन् । मेलाको शीर्ष प्रायोजक आईएमई पेले रु। १ मै टिकट काट्ने सुविधा दिएको छ ।

मेलामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सका विद्यार्थीले आफूले इनोभेटिभ प्रडक्ट प्रदर्शनी गरेका छन् ।क्यान इन्फोटेकलाई साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

यस पटकको मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजको रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड रहेको छ ।त्यस्तै, प्लेटिनम प्रायोजकमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

वि.सं.२०७९ जेठ १ आइतवार १८:२४

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह...

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

वि.सं.२०७९ जेठ १ आइतवार १८:१६

  काठमाडौं । इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष ध्यान दिँदै भिभो

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष...

वि.सं.२०७९ जेठ १ आइतवार १८:०३

  काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा...

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

वि.सं.२०७९ जेठ १ आइतवार १७:५१

    काठमाण्डौ । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त...

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

वि.सं.२०७९ जेठ १ आइतवार १२:५४

  काठमाडौं । वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई...

वि.सं.२०७९ वैशाख २९ बिहीवार १७:२६

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय...