nic bank
himalayan everesat
Nmb bank

आइमार्क र गिफ्टबीच सहकार्य, बिलिङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर मुगु सप सार्वजनिक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपालकै अग्रणी फिनटेक कम्पनी आइमार्क प्रा. लि र ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको हो ।

यो गिफ्ट लोयल्टी कार्यक्रम मुख्यत बैंक, एयरलाईन्स, टेलिकम, इन्स्योरेन्स, सुपर मार्केट तथा अन्य रिटेल पसलमा संचालन गर्न सकिन्छ । एक पटक गिफ्ट डट कममा आबद्द भएपछि गिफ्टको संजाल भएका कुनै पनि मुलुकमा लोयल्टी प्वाइन्ट साट्न वा उपभोग गर्न सकिनेछ । गिफ्टको ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको छ ।

 

नेपालमा हालसम्म इन्टर ओपेरेबल लोयल्टी कार्यक्रम नरहेको र यस किसिमको कार्यक्रम पहिलो पटक भएको आइमार्क प्रालिका निर्देशक आशिस शर्माले जानकारी दिए । सो कार्यक्रममा गिफ्टका सेल्स डाइरेक्टर दिपा स्वामी तथा सेल्स प्रेसिडेन्ट दिलिप डीएसले लोयल्टीको महत्व र यसले ग्राहकलाई जोगाई राख्ने विषयमा प्रस्तुती दिएका थिए ।

 

सो अवसरमा आइमार्क प्रालिको बिलिंङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर तथा मोबाइल एप ‘मुगु सप’ सार्वजनिक गरिएको थियो । साना किराना पसलदेखि दैनिक कारोबार गर्ने ठूला तथा मध्यम कम्पनीहरुले यो एपमा बिलिङ सेल इन्भोइस, भुक्तानी, छुट, खरिद, बिक्री सूची लगायतका विवरण राख्न सक्ने छन ।

 

यसका साथै बिलिङ, खाता व्यवस्थापन, सामानहरूको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिपोर्टिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन (सीआरएम) तथा लोयल्टी व्यवस्थापन जस्ता सेवा समेत प्रयोगकर्ताले लिन सकिने आइमार्क प्रालिका डाइरेक्टर आशिस शर्माले जानकारी दिए ।

 

कापी कलमले लेखेर अभिलेख राख्ने पुरानो पद्धति भन्दा यो एपको माध्यमबाट सबै कारोबारका अभिलेखहरू सहजै राख्न र परिमार्जन गर्न सकिने कम्पनीले जनाएको छ । मुगुसप एप रिटेल, किराना पसल, स्पा, सैलुन, रेस्टुरेन्ट तथा क्याफे उद्यमीहरूले प्रयोग गर्न सक्ने आइमार्कका व्यवस्थापक सुयस चन्दले बताए ।

 

करिब एक महिना पहिलेदेखि परीक्षणका रुपमा सञ्चालनमा आएको मुगुसप छोटो समयमा नै धेरैले प्रयोग गर्न थालिसकेको कम्पनीले जनाएको छ ।

 

मुगुसप एप प्रयोगका लागि ९८०२३१४७०९ मा फोन वा ष्लाय२mगनग।कजयउ मा इमेल गरी सम्पर्क गर्न सकिने छ । यस्तै मुगुसपको सेवा लिनका लागि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामबाट पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालको अग्रणी फिनटेक कम्पनी आइमार्कमा १५० बढी कर्मचारी कार्यरत छन् । आइमार्कले नेपालका हरेक बैंकलाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

 

हाल आइमार्क ले २० हजार बढी मर्चेन्टमा कार्डबाट भुक्तानी गर्न सक्ने पीओएस ९एइक्० को सेवा प्रदान गरि रहेको छ । काठमाडौंको डिल्ली बजारमा आफ्नो प्रधान कार्यालय रहेको आइमार्कको नेपाल बाहेक भुटान, बर्मा, भारत तथा अमेरिकामा समेत सेवा दिदैँ आएको छ ।

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...