NABIL BANK AD
NIC ASIA BANK –  AD

चैतमा मात्र नेपाल भित्र्याईयो ७ लाख ४० हजार ८७० थान मोबाइल, कति उठ्यो राजस्व ?

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

काठमाडौँ ।  चैत महिनामा करिब चार अर्ब रुपैयाँको मोबाइल फोन भित्रिएको छ। भन्सार विभागका अनुसार ७ लाख ४० हजार ८७० थान मोबाइल फोनबाट सरकारले एकैमहिना करिब ६३ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। राष्ट्र बैंकले मोबाइलको आयातका लागि एलसी खोल्न कडाई गरेकै कारण व्यवसायीहरुले स्टक कायम गर्नकै लागि धेरै आयात गरेकाले संख्या बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले बताए।

‘बैंकहरुले चैतबाट मोबाइल आयात गर्न एलसी टाइट गर्दै लगेपछि मान्छेहरुले स्टक गरेको हुनुपर्छ। बजारमा अहिले अपेक्षाअनुरुप मोबाइल फोनको बिक्री छैन। तैपनि सबै ब्राण्डहरुले एलसीमा गरिएको कडाइलाई देखाएरै फोन आयात गर्दा संख्या बढेको हो। अरु केही कारणले मोबाइल आयात बढेको होइन,’ अग्रवालले भने।

चालु आर्थिक वर्षको नौ महिनामा करिब ३५ अर्ब रुपैयाँबराबरको ५० लाख थानभन्दा बढी मोबाइल फोन आयात भएको छ। चालु आवमा सबैभन्दा धेरै फोन भदौमा आयात भएको थियो। दसैं(तिहारलगायतका चाडपर्व अघि व्यवसायीहरुले साढे पाँच अर्ब रुपेयाँ हाराहारीको ८ लाख ३१ हजार २ सय ४७ थान फोन आयात भएको थियो। भदौपछि चैतमा नै सबैभन्दा बढी आयात भएको हो।

फागुनमा २ अर्ब ६० करोड रुपैयाँबराबरको २ लाख ५४ हजार १ सय ८५ थान फोन आयात भएको थियो। फागुनमा मोबाइल आयात ओरालो लागेको थियो। माघको तुलनामा फागुनमा १ लाख ८७ हजार १ सय ८५ थान कम मोबाइल आयात भएको थियो।

माघमा २ अर्ब ७५ करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ लाख ४१ हजार ३ सय ७० थान मोबाइल आयात भएको थियो। फागुनमा माघको तुलनामा १५ करोड १९ लाख रुपैयाँ कम मूल्यको मोबाइल आयात भएको थियो। माघमा ४ लाख ४१ हजार ३ सय ७० थान मोबाइल आयात भएकोमा फागुनमा घटेर २ लाख ५४ हजार १ सय ८५ थान मात्रै आयात भएको थियो।

चिपको मूल्य, डलरको भाउ र पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिका कारण ढुवानी खर्च बढेपछि मोबाइलको मूल्य बढ्दै गएको व्यवसायीहरुले बताएका थिए। जसका कारण माघमा उही मूल्य हाराहारीमा चार लाख बढी थान मोबाइल भित्रिँदा फागुनमा भने साढे दुई लाख थान भन्दा केही बढी मात्रै भित्रिएको थियो।

मोबाइल आयातको भुक्तानी अमेरिकी डलरमै हुने गर्छ। पछिल्लो समय डलरको भाउसमेत उकालो लागेकाले मोबाइल आयातको मूल्यसमेत धेरै देखिँदै आएको छ। तर, चैतमा भने एलसीमा कडाइ हुने थाहा पाएरै धेरै मोबाइल भित्रिएको हो। राष्ट्र बैंकले चैत करिब ३०० वटा वस्तुको आयातमा कडाइ गरेको थियो।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

वि.सं.२०७९ जेठ १ आइतवार १८:२४

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह...

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

वि.सं.२०७९ जेठ १ आइतवार १८:१६

  काठमाडौं । इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष ध्यान दिँदै भिभो

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष...

वि.सं.२०७९ जेठ १ आइतवार १८:०३

  काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा...

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

वि.सं.२०७९ जेठ १ आइतवार १७:५१

    काठमाण्डौ । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त...

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

वि.सं.२०७९ जेठ १ आइतवार १२:५४

  काठमाडौं । वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई...

वि.सं.२०७९ वैशाख २९ बिहीवार १७:२६

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय...