NABIL BANK AD
NIC ASIA BANK –  AD

चौथो जुत्ता चप्पल व्यापार प्रवद्धन मेला भृकुटीमण्डपमा हुँदै

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

काठमाडौँ ।  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ आयोजना हुने भएको छ ।
स्वदेशी उत्पादनलाई प्रवद्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरि बस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्म निर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि मेला हुने भएको हो ।

फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेका अनुसार अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको छ । एशोसिएनका उपाध्यक्ष रुद्र प्रसाद न्योपानेले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी दिनको लागि मेला आयोजना गर्न लागेको बताए ।

 

 

उक्त मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजनय वस्तुहरु लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरी गर्मी सिजन, बिहे पार्टीका लािग लक्षित उत्पादनहरु रहेने आयोजकले जनाएको छ ।

मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला, पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ पाइने आयोजकले जानकारी दिएको छ ।

आयोजका अनुसार मेलामा बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ । त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट शुज। नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ । २ लाख ५० हजार भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान फुटवेयरले गरेको छ ।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

वि.सं.२०७९ जेठ १ आइतवार १८:२४

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह...

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

वि.सं.२०७९ जेठ १ आइतवार १८:१६

  काठमाडौं । इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष ध्यान दिँदै भिभो

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष...

वि.सं.२०७९ जेठ १ आइतवार १८:०३

  काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा...

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

वि.सं.२०७९ जेठ १ आइतवार १७:५१

    काठमाण्डौ । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त...

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

वि.सं.२०७९ जेठ १ आइतवार १२:५४

  काठमाडौं । वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई...

वि.सं.२०७९ वैशाख २९ बिहीवार १७:२६

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय...