NABIL BANK AD
NIC ASIA BANK –  AD

नौ महिनामा मोटरसाइकल र गाडी आयात बाट राज्यले भेला गर्यो ३९ अर्ब

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

काठमाडौं । मोबाइल, २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र कार/जिप/भ्यान (शवबाहन र एम्बुलेन्सबाहेक)लगायत १० शीर्षकका वस्तुको आयातमा सरकारले हालै प्रतिबन्ध लगाएको छ। देशका आर्थिक संकट बढेको विदेशी मुद्राको सञ्चितिमा चाप परेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो। यस्तो प्रतिबन्ध चालु आर्थिक वर्षभर लागू हुने मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ।

विदेशी मुद्राको सञ्चितिमा परेको दबाब कम गर्न आयात प्रतिबन्ध लगाइए पनि यसले राजस्व संकलनलाई भने संकुचन गर्ने भएको छ। प्रतिबन्धित मोबाइल, मोटरसाइकल र कारको आयातबाट मात्रै सरकारले चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउनदेखि चैतसम्म)मा ३९ अर्ब ७ करोड ३९ लाखभन्दा बढी राजस्व संकलन गरेको थियो।

यी तीन शीर्षकका वस्तु आयातबाट प्रतिमहिना औसतमा सवा ४ अर्बभन्दा बढी आम्दानी गुम्ने अनुमान गरिएको छ। यद्यपि बैंकिङ प्रक्रिया पूरा भएका सामग्रीको आयातमा बन्देज नलगाइएकाले प्रतिबन्धको अवधिमा पनि आयात पूर्ण रूपमा रोकिने भने देखिँदैन। ९ महिनामा कार, मोटरसाइकल र मोबाइलको आयातका लागि मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

९ महिनामा २५० सीसीमाथिका मोटरसाइकल आयात गर्नका लागि मात्रै १ अर्ब १४ करोड ४० लाख रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले १ अर्ब ८० करोड ५२ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै जीप, कार तथा भ्यान आयातका लागि १३ अर्ब ८६ करोड बाहिरिएको छ। कार, जिप र भ्यान आयातबाट सरकारले ३१ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधिमा नेपालले ३४ अर्ब ९८ करोड बराबरका मोबाइल आयात गरेको छ। मोबाइल आयात गर्दा सरकारले ५ अर्ब ५२ करोड ९१ लाख २२ हजार राजस्व आम्दानी गरेको छ।

मोबाइल

चालु आवको पहिलो महिना साउनमा मात्रै ४ अर्ब साढे ८२ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल नेपाल भित्रिएका थिए। साउनमा भएका मोबाइल आयातबाट सरकारले ७६ करोड ३९ लाखभन्दा बढी राजस्व पायो।

भदौमा ५ अर्ब साढे ५३ करोड बराबरका मोबाइल आयात हुँदा सरकारी ढुकुटीमा ८७ करोड ५१ लाख रुपैयाँ थपियो। असोजमा ६ अर्ब ८१ करोडका मोबाइल आयात गरिँदा १ अर्ब ७ करोड ८२ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भयो।

कात्तिकदेखि भने मोबाइल आयातमा संकुचन आएको विभागको तथ्यांकले देखाएको छ। कात्तिक ३ अर्ब १८ करोडका मोबाइल नेपाल आएका थिए। यसबाट ५० करोड ३६ लाख ३३ हजार सरकारी ढुकुटीमा जम्मा भएको थियो।

मंसिरमा २ अर्ब ६१ करोडका मोबाइल ल्याइँदा ४१ करोड ३७ लाख सरकारी आम्दानी बनेको थियो। पुसमा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको मोबाइल आयात भए। यसबाट सरकारलाई ४२ करोड ५ लाख ८३ हजार रुपैयाँ हात पर्‍यो।

माघमा २ अर्ब ७५ करोडका मोबाइल आयात गर्दा ४३ करोड ५८ लाख ७२ हजार रुपैयाँ राजस्वमा योगदान भयो। फागुनमा २ अर्ब ६० करोडका र चैतमा ३ अर्ब ९८ करोड मोबाइल आयात हुँदा क्रमशः ४० करोड ८१ लाख ५० हजार र ६२ करोड ९७ लाख ७८ हजार सरकारलाई आम्दानी भयो।

मोटरसाइकल

वैशाख १३ गतेदेखि मोटरसाइकलको आयातमा पनि प्रतिबन्ध लागेको छ। २५० सीसीभन्दा कमका मोटरसाइकल ल्याउन भने कुनै प्रतिबन्ध छैन। मोटरसाइकल आयातबाट सरकारले असोजमा सबैभन्दा बढी आम्दानी गरेको छ। दशैँतिहारमा आयातकर्ता कम्पनीले अफरसहितका बिक्री योजनाका साथ आक्रामक रूपमा व्यापार बढाउँदा सरकारी ढुकुटीमा सोही अनुपातमा आम्दानी बढेको हो।

असोजमा मात्रै २५ करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको मोटरसाइकल आयात हुँदा सरकारको आम्दानी ४१ करोड १२ लाख ६९ हजार भयो। कात्तिकमा २१ करोड ५० लाख २० हजारका मोटरसाइकल आयात गर्दा सरकारी आम्दानी ३४ करोड ८७ लाख २२ हजार रुपैयाँ भएको थियो।

साउनमा पनि ३ करोड बराबरका विलासी मोटरसाइकल आयात भएका थिए। यसबाट सरकारलाई ४ करोड ३९ लाख रुपैयाँ आम्दानी मिलेको थियो। भदौमा १२ करोड ७६ लाखका विलासी बाइक आयात हुँदा १७ करोड २४ लाख सरकारलाई योगदान भएको थियो।

विलासी मोटरसाइकल मात्रै मंसिरमा १५ करोड ५९ लाख १८ हजार मूल्यका आयात भए। सरकारलाई २५ करोड १६ लाख आम्दानी मिल्यो। पुसमा १० करोड २६ लाख १६ हजारको आयात गरिँदा सरकारी थैलीमा १६ करोड ८१ लाख जम्मा भयो। माघमा १२ करोड १६ लाख ५२ हजारको आयात हुँदा सरकारलाई १९ करोड ३७ लाख आम्दानी भयो।

पुसको तेस्रो साताबाट गरिएको आयातमा सतप्रतिशत मार्जिको व्यवस्थाको प्रभाव फागुनमा देखियो। ५ करोड २७ लाखका विलासी बाइकको पैठारी हुँदा ८ करोड ५० लाख सरकारलाई भयो। चैतमा ८ करोड ४ लाख ३४का विलासी बाइक आए। सरकारलाई १३ करोड २ लाख ४० हजार रुपैयाँ मात्रै भएको हो।

कार, जीप र भ्यान

कार, जीप र भ्यान (यसपछि यी तीनै प्रकृतिका सवारीलाई समग्रमा कार भनिने)को आयातबाट चैत महिनामा सरकारले १ अर्ब ८१ करोड ५९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो महिनामा ८० करोड ३४ लाख ६९ हजार रुपैयाँका सवारी साधन आयात गरिएको थियो।

त्यस्तै फागुन महिनामा १ अर्ब १८ करोड ९१ लाख ८६ हजार रुपैयाँका कार आयात गर्दा सरकारको आम्दानी २ अर्ब ७० करोड १८ लाख थियो।

यसैगरी माघमा ९० करोड ७३ लाख, पुसमा १ अर्ब २३ करोड ९ लाख, मंसिरमा १ अर्ब २९ करोड ९९ लाख, कात्तिकमा १ अर्ब ७४ करोड ८१ लाख, असोजमा २ अर्ब ७५ करोड ९३ लाख, भदौमा २ अर्ब ३४ करोड ७१ लाख र साउनमा १ अर्ब ५७ करोड ५० लाख ३२ हजारका कार आयात भए। यसबाट सरकारले क्रमशः २ अर्ब ९ करोड ७५ लाख ३२ हजार, २ अर्ब ६७ करोड ९८ लाख ६१ हजार, २ अर्ब ९९ करोड ९६ लाख ४१ हजार, ४ अर्ब ११ करोड ७३ लाख ६० हजार, ६ अर्ब २३ करोड ४६ लाख ३२ हजार, ५ अर्ब ४४ करोड २२ लाख ९७ हजार र ३ अर्ब ६५ करोड ४ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

वि.सं.२०७९ जेठ १ आइतवार १८:२४

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह...

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

वि.सं.२०७९ जेठ १ आइतवार १८:१६

  काठमाडौं । इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष ध्यान दिँदै भिभो

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष...

वि.सं.२०७९ जेठ १ आइतवार १८:०३

  काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा...

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

वि.सं.२०७९ जेठ १ आइतवार १७:५१

    काठमाण्डौ । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त...

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

वि.सं.२०७९ जेठ १ आइतवार १२:५४

  काठमाडौं । वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने

‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई...

वि.सं.२०७९ वैशाख २९ बिहीवार १७:२६

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय...