nic bank
himalayan everesat
Nmb bank

नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगे

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगेका छन् ।

निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा राजधानीबासीले समस्या भोग्दै आएका छन् ।

स्थानीय तह निर्वाचनमा जाँदा प्राय उम्मेदवारले निर्वाचित भए फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । नवनिर्वाचित मेयर बालेनको पनि फोहोर व्यवस्थापन गर्ने योजना थियो । उनी निर्वाचित भएको आजै निर्वाचन आयोगले घोषणा गरेको हो ।

उनले स्थानीयको गुनासो र मागहरु सुन्नुका साथै स्थानीयको माग सम्बोधन गरी काठमाडौंको फोहोर व्यवस्थापन गरेसम्म खादा माला नलगाउने पनि बताएका छन् । मेयर बालेन साहले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता पनि नदिने घोषणा गरेका छन्।

गत मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास सुरु भएको थियो । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।

उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहे पनि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन कठीन भएको थियो । बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ(जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

ठुलो स्थानीय तहमा बजेट होल्ड , सानो तहमा अभाव छ : मन्त्री जोशी

ठुलो स्थानीय तहमा बजेट होल्ड , सानो...

वि.सं.२०८१ वैशाख ८ शनिवार १८:४२

  ललित बोहरा , डडेल्धुरा  :  ठुलो स्थानीय तहमा बजेट...

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:५८

अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन...

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट, कतारको अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट,...

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:२१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी...

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा खानीमा साउदीको लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा...

वि.सं.२०८१ वैशाख ८ शनिवार १५:२७

    आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम...

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...