फक्सवागनको सुविधासम्पन्न शोरुम नक्सालमा, विश्वबजारमा टेस्लालाई पछि पार्ने लक्ष्य

वि.सं.२०७९ असार १ बुधवार २३:४८

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्रीवितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्ट्यान्डर्डको फ्ल्यागसिप शोरुम खोलेको छ। कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।
नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरीचौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त शोरुम उद्घाटन गरिएको छ। शोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक बिजुक्छेले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौँ। यो शोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ।’
नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत बिजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनावमुक्त भई फ्री सर्भिसिङ र फ्री कन्ज्युएबल्स पाउनेछन्। पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्रीवितरण गर्दै आएको छ। फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन्। जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ। नेपालमा भोल्सवागेनका १० भन्दा बढी शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।
नक्सालमा फक्सवागनको सुविधा सम्पन्न सोरुम ,विश्वबजारमा टेस्लालाई पछि पार्ने फक्सवागनको लक्ष्य
कार निर्माता कम्पनी फक्सवागनले टेस्लाले भन्दा बढी विद्युतीय कार बिक्री गर्ने योजना बनाएको भन्ने कुरा वर्षौंदेखि भन्दै आएको छ। ब्लुमबर्ग इन्टिलिजेन्सको रिपार्टका अनुसार फक्सवागनको यो योजना अन्ततः पूरा हुने भएको छ। ब्लुमबर्गको विश्लेषणका अनुसार अबको केही वर्षमा अन्य अटो निर्माताहरुलाई पछि पार्दै यी दुवै कम्पनीहरुबीच विश्वको अग्रेणी विद्युतीय कार बिक्रीकर्ता बन्न तीव्र प्रतिस्पर्धा हुनेछ।
फक्सवागनदेखि बेन्टलीसम्मको मूल्य र प्रतिष्ठामा आफ्नो नियन्त्रणमा रहेका विभिन्न १० वटा ब्रान्डसँगै फक्सवागन समूहले विश्वभर ओडी ई–ट्रोन मोडल, फक्सवागन आईडीथ्री, कम्प्याक्ट कार र आईडीफोर एसयूभी र हाई पफर्मेन्स पोरचे टेकान मोडलका कारहरु बिक्री गर्ने जनाइएको छ। फक्सवागनले आगामी वर्षहरुमा थप मोडलहरु थप्ने अनुमान गरिएको छ। टेस्लासँग सीमित मोडलहरु भएका कारण मूल्य र अफरिङका आधारमा कम्पनी फक्सवागनभन्दा पछि पर्ने जनाइएको छ।
विश्वको अग्रणी विद्युतीय सवारी नेतृत्वकर्ता निर्धारण गर्न विशषे गरेर चिनियाँ र युरोपेली बजार निर्णायक हुनेछन्। यी दुवै बजारका नीतिनियमहरु विद्युतीय सवारीलाई समर्थन गर्ने खालका छन्। चीनमा सन् २०२५ सम्म विद्युतीय सवारी साधनहरुले कुल कार बिक्रीको २५ प्रतिशत हिस्सा ओगट्ने विश्वास गरिएको छ। युरोपमा यो आँकडा २० प्रतिशत रहने रिपार्टमा उल्लेख गरिएको छ। जर्मनीमा हेडक्वाटर रहेको फक्सवागनको युरोपभर कारखानाहरु छन्। युरोपमा विद्युतीय सवारी बिक्रीका आधारमा फक्सवागनले टेस्लालाई पछि पारिसकेको छ। चीनमा भने कम्पनी टेस्लाभन्दा पछि छ। गत वर्ष चिनियाँ बजारमा विद्युतीय सवारी बिक्रीमा फक्सवागनको हिस्सा जम्मा ३।५ प्रतिशत थियो। यस्तै टेस्लाको हिस्सा भने १३ प्रतिशत थियो।
चीनमा विद्युतीय सवारी बिक्रीमा गत वर्ष टेस्ला चिनियाँ कम्पनी वुलिङभन्दा पछि परेको थियो भने अर्को चिनियाँ कम्पनी बीवाईडीसँग समान अवस्थामा रहेको थियो। चीनमा विद्युतीय सवारी बिक्रीको बाँकी ५५ प्रतिशत मुख्यतः साना चिनियाँ अटो निर्माताहरुबाट आउने गर्छ। चीनमा अहिले विद्युतीय सवारीसाधनको बिक्रीले कुल कार बिक्रीको जम्मा ११ प्रतिशत हिस्सामात्रै ओगटेको छ। तर, विद्युतीय सवारीसाधन बिक्री नगर्ने निर्माताहरुलाई लागत खर्चमा व्यापक वृद्धि गर्ने नीतिनियमका कारण यो प्रतिशत तीव्र रुपमा वृद्धि हुने अनुमान गरिएको छ।
टेस्लाले चीनमा स्थानीय रुपमा जम्मा दुई मोडल ‘मोडलथ्री सेडान र मोडल वाई एसयूभी’ मात्रै निर्माण गर्दै आएको छ। यसले कम्पनीलाई स्थानीय निर्माताहरुको बढ्दो आकर्षक प्रडक्टहरु र फक्सवागनको तुलनामा कमजोर बनाएको छ। यस्तै टेस्लाले सांघाईमा रहेको कारखानाबाट उत्पादन हुने कारहरु स्थानीय बजारमा भन्दा पनि निर्यातका लागि बढावा दिइने जनाएको छ। ब्लुमबर्ग इन्टिलिजेन्सले यसअघि भोल्सवागेनले विश्वव्यापी विद्युतीय सवारी बिक्रीमा टेस्लालाई सन् २०२३ सम्म उछिन्ने जनाएको थियो।