NABIL BANK AD
NIC ASIA BANK –  AD
prabhu life ad long

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको समझदारी पत्रमा हस्ताक्षर, ५२ अर्ब कूल पुँजीसहित मुलुककै ठूलो बैंक बन्दै

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

 

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) मर्जर गर्न सहमत भएका छन्। बिहीबार बिहान दुई बैंकबीच मर्जर सम्बन्धी समझदारी भएको छ। मर्जर सहमतिपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन् भने अध्यक्ष चन्द्र ढकाल नै रहनेछन्। मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ। पुँजीका हिसाबले मर्जरपछि ग्लोबल आईएमई बीओके बैंक सर्वाधिक ठूलो हुने छ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १स्१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ। २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु.५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ। साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन्। दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ।

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ। साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता ब्यक्त गरे।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए। ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको उनले बताए।
उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए। उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए। उनले नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विस्वास प्रकट गरे। साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरुले गाभ्ने रगाभिने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालहरु, शेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरे।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

वि.सं.२०७९ असार १८ शनिवार ००:००

  काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने...

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

वि.सं.२०७९ असार १७ शुक्रवार २३:२४

  काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय...

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो – किरण शाख

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१९

  काठमाडौं । सरकाले प्रत्येक वर्ष लिने स्थिर कर नीतिका...

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१२

  काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा...

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१०

  काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री...

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

वि.सं.२०७९ असार १७ शुक्रवार २३:०५

  काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४...