nic bank
himalayan everesat
Nmb bank

नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा जारी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं ।  नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको–फ्रेन्ड्ली बिजनेस लोन’ जारी गरेको छ।

बैंकले पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ यस्तो कर्जा सुविधा प्रदान गरिएको बैंकले जनाएको छ। फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तीय आवश्यकता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जायोजना ल्याएको हो।

 

बैंकका अनुसार यस कर्जा योजनाअन्तर्गत बैंकले साबिकभन्दा शून्य दशमलव ५ प्रतिशत (०.५ प्रतिशत) कममा कर्जा उपलब्ध गराउनेछ। ‘बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरी व्यवसायीहरूमाझ वित्तीय पहुँचमा जोड दिनेछ। साथै, आफ्ना ग्राहक वर्गसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उद्देश्यले ‘नबिल एसएमई’ सहकार्य योजनामा आबद्ध गराउनेछ’, नबिलले भनेको छ।

बैंकका एसएमई र एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत ९डनिल०ले भने, ‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिङअन्तर्गतको विभिन्न प्रयासहरुमध्ये एक हो, जसअनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ।’

उनका अनुसार बैंकले यस कर्जा योजनाअन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्नेछ। सन् १९८४ देखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकका १५० शाखा, १८७ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....