विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, रिजल्ट चारवटा वेबसाइटबाट हेर्न सकिने

वि.सं.२०७९ असार ३ शुक्रवार १८:३५

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।
उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारी वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसीको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नजिता हेर्नको लागि संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट आइपीओ नजिता हेर्नुहोस्
कम्पनीको वेबसाइटhttps://bindhyabasinihydro.com.np/
बिक्री प्रबन्धकको वेबसाइट https://www.sanima.capital/
सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको नयाँ वेबसाइट https://iporesult.cdsc.com.np/