काठमाडौं महानगरपालिकाकालाई ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ नारा दिए मेयर बालेन्द्र शाहले

वि.सं.२०७९ असार ५ आइतवार २२:४३

काठमाडौं । महानगरपालिकाले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
‘सांस्कृतिक सहर, समृद्ध महानगर’ नारा दिएर मेयर बालेन्द्र शाहले काठमाण्डौ महानगरको नीति तथा कार्यक्रम ११औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गरेका हुन्।
उनले काठमाण्डौलाई व्यवस्थित गर्ने, पुरातात्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने, ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्नेजस्ता कार्यक्रम ल्याएका छन्। यहीअनुसार १० गते महानगरले बजेटको व्यवस्था गर्नेछ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफनो घोषणा पत्रमा भएको बीमा कार्यक्रमलाई अघि बढाएको छ । उनले काठमाडौं महानगरपालिकाले महानगरका करदाताहरुको बीमा गर्ने योजना अघि सारेको छ। पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साह बालेन ले महानगरभित्र कर तिरेका करदाताहरुको बीमा गर्ने योजनामा ५० प्रतिशत अनुदान दिइने योजना अघि सारेका हुन्।महानगरपालिमा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। बीमा शुल्कको बढीमा ५० प्रतिशत उपलब्ध गराइने जनाएका छन् ।
साहले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिने पनि उल्लेख गरेका छन्।
उनले भने ‘सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार, स्वास्थ्य सचेतनाका लागि महानगरका स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मी परिचालित गरिनेछ।’
त्यस्तै, एक वर्षभित्र महानगर क्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी, पाइपलाइन, सडकबत्ती, टेलिफोनलगायतका सबै भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण संकलन गरिने उनले बताए। महानगरभित्र रहेका बिग्रेका ढल तथा सडकहरुको थप क्षति हुन नदिन तत्काल मर्मत सम्भार को लागि पूर्वाधार एम्बुलेन्सलाई विस्तार तथा निरन्तरता दिइने उनको योजना छ।
‘फुटपाथको स्तरोन्नति गरिनेछ। बस स्टपहरुमा परम्परागत शैलीको फल्चा बनाउन इच्छुक संस्थालाई सहयोग उपलब्ध गराइने र महानगरले पनि यसलाई प्राथमिकतामा राखेर निर्माण गर्नेछ,’ उनले भने।
यस्तै, खेलकुदको माध्यमबाट युवाको विकास गर्न महानगरपालिका क्षेत्रमा खुला व्यायामशाला, एरोबिक्स, योग सेन्टर लगायत सञ्चालन गर्न आवश्यक खेलमैदान र पूर्वाधार विकास र विस्तार गर्न निरन्तरता दिइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमसँग छलफल गरि लिग प्रतियोगिता आयोजना गरिने पनि महानगरको योजना छ।
पढ्नुहोस् पूर्णपाठ :