nic bank
himalayan everesat
Nmb bank

शेयर बजारमा ३१.२१ अंकले ओरालो, पौने १ अर्बकाे काराेबार

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं ।  सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज ३१.२१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९३.५३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ५.९४ अंकले घटेर ३६९.१५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक २.७५ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.६६ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२१ प्रतिशत, व्यापार समूहमा १.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, जलविद्युत समूहमा २.४९ प्रतिशत, वित्त समूहमा २.६ प्रतिशत, निर्जीवन बीमा समूहमा ११.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२३ प्रतिशत, लघुवित्त समूहमा १.११ प्रतिशत, जीवन बीमा समूहमा १.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत र लगानी समूहमा १.६९ प्रतिशतको गरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३० लाख ३४ हजार ४८३ कित्ता सेयर ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको २ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँ, एनसीसी बैंकको २ करोड ५४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ४९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २ करोड १० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १ करोड ८५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १ करोड ७४ लाख रुपैयाँ, अपी पावरको १ करोड ६२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज आँधिखोला लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।

 

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४६

  सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा...

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४३

  एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)...

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:२७

  ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा...

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:५१

  मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात...