nic bank
himalayan everesat
Nmb bank

आमाद्वारा सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट छोरी ज्वाईंलाई बीमा कोसेली

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।

 

छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरीदिएकी छिन् ।

जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएकी हुन् ।

 

कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गर्नु भएको थियो ।

सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् ।

हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको कुरा उहाँले व्यक्त गर्नु भयो ।

बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्व प्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ति पक्षले बताएका छन् ।

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ५ बुधवार २०:४३

  एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:१४

  कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।...