Civil Bank Ltd. AD
NIC ASIA BANK –  AD

बक्याैता सबै भुक्तानी हुने भन्दैं बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न बाेर्डकाे आग्रह

Citizen Life  Ad

काठमाडौं । अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम लागु बन्द गर्ने घोषणा गरिहरहेको बेला स्वास्थ्य बिमा बोर्डले भने बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ । बोर्डले समयमा भुक्तानी नदिएको भन्दैं केही सरकारी तथा निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको अवस्थामा बोर्डले सबै भुक्तानी हुने भन्दैं बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको हो ।

बिहीबार बोर्डले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हो । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जनशक्ति अभावका कारण चालु आर्थिक वर्षको जेठ १५ सम्म १८ लाख ५१ हजार ९ सय ३५ वटा दावीलाई प्राथमिकताका साथ परीक्षण गरिरहेको बताएका छन् ।

उनले आगामी आर्थिक वर्षमा वैज्ञानिक परीक्षण प्रणाली अपनाएर बिमाको भुक्तानीलाई सहज बनाउने समेत जनाएका छन् । ‘हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले आर्थिक वर्षको अन्त्यमा भुक्तानी नहुने हो कि भन्ने आशंकामा सेवा स्थगन गरिनेछ भन्ने सूचना प्रकाशित गरेको पाइएको छ । तर, स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा संचालन कार्यविधी, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भएर बोर्डबाट प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ,’ बोर्डको विज्ञप्तिमा छ, ‘र, परीक्षण भएका दावीहरुको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।’

बोर्ड आर्थिक वर्ष ०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका र चालु आर्थिक वर्षका ३३ लाख ७५ हजार ८३७ गरी ५२ लाख ८४ हजार ८ सय ८ सय ९१ संख्याका दावी परीक्षण गरेर ८ अर्ब १३ करोड भुक्तानी गरेको जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रममार्फत सरकारले प्रति परिवार ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सेवा प्रदान गरिरहेको छ ।

NIC ASIA BANK –  AD
prabhu bank

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो समय खेर नफाल्नु, छिट्टै प्रगति हुनेछ

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:१६

मेष:तपाईं सधैं स्थापित प्रक्रियाहरूमा अडिग रहनुहुनेछ । नियमित जिम्मेवारीहरू लिनु...

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी, क्यान अध्यक्षका प्रत्यासी

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:०७

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु...

नेपाल टेलिकमको ३ करोड  कित्ता बोनस शेयर सूचीकृत

नेपाल टेलिकमको ३ करोड कित्ता बोनस शेयर...

वि.सं.२०७९ साउन २४ मंगलवार २२:१५

काठमाडौं । मंगलवार नेप्सेमा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम)को बोनस...

७४ लाख रुपैयाँ र चेकसहित हुण्डीको कारोबारमा संलग्न तीन जना पक्राउ

७४ लाख रुपैयाँ र चेकसहित हुण्डीको कारोबारमा...

वि.सं.२०७९ साउन २४ मंगलवार २२:११

काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा...

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने...

वि.सं.२०७९ साउन २४ मंगलवार २२:००

काठमाडौं । इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित...

प्रभु बैंक र लोकहित डेन्टलबीच विभिन्न सेवाहरुमा छुटसम्बन्धी सम्झौता

प्रभु बैंक र लोकहित डेन्टलबीच विभिन्न सेवाहरुमा...

वि.सं.२०७९ साउन २४ मंगलवार २१:५८

काठमाडौँ । प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच विभिन्न...