Civil Bank Ltd. AD
NIC ASIA BANK –  AD

आयल निगम र भारतस्थित आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला,पेट्रोलियम कर ५० प्रतिशत घटाउन निर्देशन

Citizen Life  Ad

 

काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने कार्यमा नेपालस्थित आयल निगम र भारतस्थित भारतीय आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला पारेको छ ।

एकातिर नेपालसँग सन्धी गर्दा उत्पादन लागतमा इन्धन दिने भनेर एकाधिकार गर्ने र अर्कोतर्फ प्रतिलिटर २५ रुपैयाँ भारु थप रकम नेपाली आयल निगमलाई बिल बढाएर अर्बौ रुपैयाँको घोटाला किन भइरहेको छ रु के यसको पछाडि कुनै राजनीतिक कारण छैन । आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु यस घटनामा चोखो छन् वा प्रधानमन्त्री पत्नी आरजु राणाकै मात्रै सेटिङ भनेर विश्वास गर्न सकिने अवस्था छैन । त्यस्तै नेपाल आयल निगमका इन्जिनियर उमेश थानी एक्लैले अर्बौको घोटाला गर्न सम्भव होला त रु प्रश्न गम्भिर खोजपूर्ण बनेको छ ।

भारतीय आल कर्पोरेशन ९आईओसी० ले उसको देशमा बिक्री वितरणको लागि तोकेको बेस रेट र नेपाल आयल निगमलाई पठाएको बेस रेटमा ठूलो अन्तर भेटिएको छ । प्रारम्भिक रुपमा भारतीय आयल कर्पोरेशनले नेपाललाई पठाउँदा निकै महंगो मूल्य लगाएकै कारण इन्धनको मूल्य आकासिएको तथ्य दिनको घाम जत्तिकै छर्लङ्ग हुन पुगेको छ ।

नेपाल आयल निगमले आईओसीबाट प्राप्त बिजकमा पेट्रोलको मूल्य प्रतिलिटर ८२।४४ भारु तोकिएको छ । जबकी आईओसीले भारतमै बिक्री गर्दा भने ५७.१३ रुपैयाँ बेस रेट तोकेको छ । आईओसीको वेभसाईटमै गएर हेरौं प्रमाण ।

 

आईओसीले भारतमा उपलब्ध गराउने पेट्रोलको मूल्य सूचि (आईओसीबाट प्राप्त)

आईओसीले नेपाल आयल निगमलाई बिक्री गरेको पेट्रोलको मूल्य प्रतिलिटर ८२।४४ भारु तोकिएको छ । जबकी आईओसीले भारतमै बिक्री गर्दा भने ५७।१३ रुपैयाँ बेस रेट तोकेको छ । आईओसीले नेपाल र भारतमा बिक्री हुने एउटै इन्धनको मूल्य भारतीय बजारमा बिक्री हुने भन्दा प्रतिलिटर २५।३१ भारु बढि असुल गर्दै आएको छ । नेपाल–भारतबीचको सम्झौतामा उत्पादन लागतमा न्यून रकम मात्रै मुनाफा राखेर मूल्य निर्धारण गर्ने उल्लेख छ । सो सम्झौता विपरित आईओसीले चर्को मूल्य नेपालीमाथि थोपर्दा समेत नेपाल आयल निगम किन मौन छ रु अर्बौ रुपैयाँका आर्थिक भार नेपाली जनतामाथि थोपर्दा समेत राज्य, आपूर्ति मन्त्रालय र आयल निगम किन बोलिरहेको छैन रु प्रश्न गम्भिर छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र भारतीय आयल कर्पोरेशन ९आईओसी० का अध्यक्ष श्रीकान्त माधव वैद्य
तथ्याङ्कले आईओसीले नेपाल आयल निगमबाटमात्रै मासिक तीन अर्ब रुपैयाँ पेट्रोलमा बढि प्राप्त भइरहेको छ भने डिजेल, ग्याँस र हवाई इन्धन समेतमा जोड्दा मासिक १० अर्बभन्दा बढि घोटाला आयल निगम र आईओसीबीचमा घटाइएको यस काण्डमा देखिएको छ ।

नेपाल आयल निगममा उमेश प्रसाद थानीको नियुक्तीसँगै इन्धनको मूल्यबृद्धि योजनाबद्ध तरिकाले गरिएको देखिएको छ । जिटुजी सम्झौता अनुरुप प्रत्यक्ष रुपमा दुई कम्पनीका बीचमा खरिद बिक्री गर्दा भारतीय कम्पनी आईओसीले अस्वाभाविक मूल्यबृद्धि गरी नेपाल आउने तेल र भारतमा बिक्री हुने तेलमा ३० प्रतिशत मूल्य फरक पारेर नेपाल आउने इन्धनमा बढि मूल्य कायम गरि अर्बौ घोटाला गरिएको छ । यस घोटाला काण्डण्मा काठमाडौंस्थित भारतीय दुताबास, दिल्लीस्थित भारत सरकारसँगकै सेटिङ अर्बौ रुपैयाँ नेपालका नेता, मन्त्री तथा गठबन्धन सरकारमा सहभागी दलहरुलाई भागबण्डा गरिएको छ ।

जनतामाथि यस प्रकारको गम्भिर अपराध गर्ने कार्यमा भारतीय आयल कर्पोरेशनका अध्यक्ष श्रीकान्त माधव वैद्य र नेपालस्थित नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी रहेका छन् ।

NIC ASIA BANK –  AD
prabhu bank

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो समय खेर नफाल्नु, छिट्टै प्रगति हुनेछ

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:१६

मेष:तपाईं सधैं स्थापित प्रक्रियाहरूमा अडिग रहनुहुनेछ । नियमित जिम्मेवारीहरू लिनु...

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी, क्यान अध्यक्षका प्रत्यासी

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:०७

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु...

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु :...

वि.सं.२०७९ साउन २४ मंगलवार २०:५२

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन...

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुदैँ

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुदैँ

वि.सं.२०७९ साउन २४ मंगलवार २०:४६

भक्तपुर । हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक...

देशकै प्रतिष्ठित स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बीसँग सहकार्य गर्दै राकुटेन भाइबर

देशकै प्रतिष्ठित स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल...

वि.सं.२०७९ साउन २४ मंगलवार ०९:४८

काठमाडौं । नेपाल स्पेल बीको नयाँ सिजनका लागि विद्यार्थीहरूले चाँडै...

नमस्ते पेमा लट्री पाेइन्टस प्रणाली सुरुवात

नमस्ते पेमा लट्री पाेइन्टस प्रणाली सुरुवात

वि.सं.२०७९ साउन २४ मंगलवार ०८:२२

काठमाडौँ । नमस्ते पेले आफ्नो एपमा लट्री कार्यक्रम ल्याएको छ...