nic bank
Nmb bank
Machhapuchchhre Bank

फक्सवागनले ल्यायो फक्सवागन मनसुन एक्सचेन्ज योजना, देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौै । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले फक्सवागन मनसुन एक्सचेन्ज योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । कम्पनीको अनुसार ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन् । अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउने कम्पनीले जनाएको छ ।
यसका साथै, योजना अवधिभर ग्राहकहरुले सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको सबैभन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । कम्पनीको अनुसार सो मूल्याङ्कन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ । यति मात्र नभएर ५० हजारसम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेकेसन जित्न सक्नेछन् ।
हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरू १ वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ, २ वर्षको अनलिमिटेड केएम वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। नेपालभर फक्सवागनका १० वटा शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् । पूजा इन्टरनेशनल नेपालले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ ।

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न...

वि.सं.२०८० चैत १६ शुक्रवार १०:१४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक...

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार १०:११

  काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक...

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली...

वि.सं.२०८० चैत १५ बिहीवार २३:२४

  काठमाडौं। झापाको कन्काई नगरपालिकाले नगरवासीका लागि डिजिटल ठेगाना प्रणाली...

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:०७

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट...

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो...

वि.सं.२०८० चैत १५ बिहीवार २३:०१

  वीरगंज चैत्र । मधेशी एकता समाज कतारले राजधानी दोहामा...