Dish Media Network
global ime bank
machapuchhare  bank

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ ।

मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभएको हो ।“प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्रीलाई उदृतगर्दै नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह गर्नुभएको छ । देउवाले इन्डोेनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गर्नुभएको छ ।
उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पु¥याइदिने बताउनुभएको छ ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताउनुभयो ।

आगामि अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवद्र्धनक्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबिच दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
“दुई देशबीच व्यापार तथा लगानीका प्रचुर सम्भावनाहरु रहेका छन् । यसलाई थप सहजीकरण गर्दै दुई देशको आपसी फाइदाका लागि काम गर्न इन्डोनेशिया सरकार सकारात्मक छ । यही अक्टोबरमा हुन गइरहेको ट्रेड एक्स्पोले पनि यसमा थप सहयोग पुग्नेछ” राजदूत सुबोलोले भन्नुभयो ।

उहाँले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेशिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराईभल भिसा उपलब्ध गराउनेसम्बन्धी काम भइरहेको जानकारी गराउनुभएको थियो ।
भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ADBL
prabhu bank

सेतो मछिन्द्रनाथ रथ जात्रामा एनएफपिजेको विशेष फोटो प्रदर्शनी

सेतो मछिन्द्रनाथ रथ जात्रामा एनएफपिजेको विशेष फोटो...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:१७

  काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५...

पार्टी छाडेको स्वर्णिम वाग्लेको घोषणा : कांग्रेस दाइ–भाउजु–साला–भतिज गिरोहमा परिणत भएको आरोप

पार्टी छाडेको स्वर्णिम वाग्लेको घोषणा : कांग्रेस...

वि.सं.२०७९ चैत १६ बिहीवार २०:४५

      काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा....

धरहरा पुनर्निर्माणको १९ प्रतशित काम अझै बाँकी, चार पटक म्याद थप्दा पनि काम पुरा भएन

धरहरा पुनर्निर्माणको १९ प्रतशित काम अझै बाँकी,...

वि.सं.२०७९ चैत १६ बिहीवार २०:३३

  (रीता बोलखे/नेपाल न्यूज बैंक) काठमाडौं । निर्धारित समयभित्रै काम...

निजीक्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव, निर्यात उद्योगका लागि विषेश सहुलियत चाहिन्छ : उपाध्क्षका प्रत्याशी हेमराज ढकाल

निजीक्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव, निर्यात...

वि.सं.२०७९ चैत १६ बिहीवार १२:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका...

मन्त्रीपरिषद् आज बिस्तार गर्ने तयारी

मन्त्रीपरिषद् आज बिस्तार गर्ने तयारी

वि.सं.२०७९ चैत १६ बिहीवार ०८:५६

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(बिहीवार) मन्त्रीपरिषद्...

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु

वि.सं.२०७९ चैत १५ बुधवार २१:३३

सेतो मच्छिन्द्रनाथको रथजात्रा असन पुग्यो काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथजात्रा...