nic bank
himalayan everesat
Nmb bank

शेयर संरचना मिलाउन ६ कम्पनीले एफपीओ निषकाशनकाे तयारीमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । शेयर संरचना मिलाउन ६ कम्पनीले एफपीओ निषकाशन गर्ने तयारी गरेको छ।

किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । यी ६ ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर निष्कासनको तयारी गरेका हुन् ।

सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीले मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउन एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान भएकाले यी कम्पनीहरूले एफपीओ निष्कासन गर्न लागेका हुन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएपछि मात्र एफपीओ निष्कासन हुनेछ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था
यस कम्पनीले प्रतिकित्ता रु। १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्दै छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २५ गते सेबोनमा निवेदन दिइसकेको छ ।

उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रु। ३ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ५४ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा रु। ८ करोड ५७ लाख नाफा कमाएको थियो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था
कम्पनीले प्रतिकित्ता रू। १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत १७ गते सेबोनमा निवेदन दिइसकेको छ । यस युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जरपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।

यस कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रु। ७ करोड ६७ लाख नाफा कमाएकोमा गत आवमा बढेर रु। ९ करोड १ लाख पुगेको हो ।

किसान लघुवित्त वित्तीय संस्था

किसान लघुवित्त प्रतिकित्ता रु। १२५ अंकित दरमा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले २०७८ असार २९ गते निवेदन दिइसकेको छ ।
एनआरएन लघुवित्त वित्तीय संस्थाले दिव्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।

यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रु। १२ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रु। १३ करोड ४८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ६० प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ८८ प्रतिशत पुगेको छ ।

नयाँ सारथि लघुवित्त वित्तीय संस्था

नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू। ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ भदौ ९ गते बोर्डमा निवेदन दिएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथि लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्म रु। ७ करोड ९० लाख नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले रु। ७ करोड २० लाख नाफा कमाएको थियो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्था कम्पनी ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । प्रतिकित्ता रु। १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ कात्तिक २३ गते निवेदन दिएको थियो । यस कम्पनीले एफपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्युआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रु। २० करोड ८१ लाख नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू। १९ करोड २७ लाख नाफा कमाएको थियो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था

कम्पनी प्रतिकित्ता रू। १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २९ गते सेबोनमा निवेदन दिएको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार शुरू भइसकेको छ ।

यस कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २६ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रु। १० करोड ८३ लाख नाफा कमाएकोमा गत आवमा रु। ७ करोड ९७ लाखमा सीमित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८३ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ७६ प्रतिशत पुगेको हो ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...