ह्वात्तै बढ्यो आज सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १२:१८

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको रहेको छ।
हिजो बिहीबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो । हिजो भने सुनको मूल्य स्थिर रहेको थियो। महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। हिजो विहीबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।