Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

यसरी बन्ने भयो ग्लोबल आइएमई बिओके लिमिटेड नेपालको सबैभन्दा ठूलो बैंक, कूल पुँजी कति ?

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने र गाभिने मर्जर प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पुँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु.४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ । दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरूले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ्ग क्षेत्रको विकास हुने बताउदै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुच पुर्याउन र बैंकिङ्ग लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए।

ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैं पहिलो हुने गरेको बताउँदै उनले तदअनुरुप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । अध्यक्ष ढकालले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको बताए।

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...