nic bank
himalayan everesat
Nmb bank

एनसीसी बैंकले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको ७.६३३७ प्रतिशत नगद लाभांश आईपीएसमार्फत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांश वापतको रकम सेयरधनीहरुको बैंक खातामा नै रकमान्तर गरिने हुँदा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गरिएका खातामा मंसिर ६ गतेदेखि जम्मा गरेको बैंकले बताएको छ । बैकको खाता अध्यावधिक नगरेका सेयरधनीहरुको हकमा भने बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउनुहुन बैंकले आग्रह गरेको छ ।

बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेको सेयरधनीहरुको अध्यावधिक भए पश्चात् मात्रै जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भए सो शुल्क सेयरधनीले नै व्यहोर्नु पर्ने बैंकले जनाएको छ ।

भौतिक सेयर कायम भएको सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण पश्चात् मात्र लाभांश वितरण गरिने भएकाले अभौतिकीकरण गर्न हुन बैंकले अनुरोध गरेको छ । साथै, बैंकको सेयर कात्तिक १५ गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको नगद लाभांश नो अब्जेक्सन लेटर प्राप्त भएपश्चात् जम्मा गरिने छ ।

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरण

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी...

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड...

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर...

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२०...

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:१४

    सुजल डेरीको 'सफल ह्याप्पी काउ मिल्क' अब काठमाडौँस्थित...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...