Nabil Bank
Everest Bank Limited
prabhubank

भुजुङमा हनी हन्टिङु, राजेश हमाल, बिजय लामासहित २०० चर्चित व्यक्तिहरू सहभागी हुँदै

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौँ । स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ सहित आयोजना गरेको स्पार्क एड्भेन्चरु कार्यक्रममा अभिनेता राजेश हमालसहित २०० जना सहभागी हुने भएका छन् ।

मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा,रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २०० जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए ।

गायक रामकृष्ण ढकाल सहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाल लगायतको सहभागीता रहने भट्टराईले जानकारी दिए ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

मंसिर २२ गते विहान काठमाडौंमा उद्घाटन गरेर भुजुङको यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँको होमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीको मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन...

वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०९

  काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छ : अर्थमन्त्री

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०३

  काठमाडौँ . अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न...

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:००

  काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको...

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ...

वि.सं.२०८१ असार ६ बिहीवार १३:२४

  काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

वि.सं.२०८१ असार ५ बुधवार २३:३७

  काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट...