nic bank
himalayan everesat
Nmb bank

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमी सम्म रेन्ज निकाल्न सफल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । काठमाडौं मै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स्को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा। लि। र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२२” प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको हो ।

नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौँ निवासी सलिम श्रेष्ठ प्रथम हुनुभयो भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो हुन सफल हुनुभयो। त्यसै गरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहनु भयो । कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सक्नु भएको थियो ।

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको सामसुंग स्मार्ट एलईडि टिभी जित्नु भएको छ ।

त्यसै गरी दोश्रो स्थानमा रहनु भएको भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुंग ओभेन जित्नुभएको छ । तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुंग भ्याकुम क्लिनर जित्नुभएको छ ।

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जानकारी गराउनु भयो ।

पुष २ गते शनिबार, सिप्रदी ट्रेडिङ नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो ।

इभीको उपयोग गरिदिनुहुने ग्राहकवर्गबाट मिलेको बहुपक्षिय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रम मार्फत उहाँहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्स का ग्राहक सेवा तर्फ बाट रन्धिर कुमार चौधरी तथा सिप्रदीका ग्राहक सेवा प्रमुख कुमार भण्डारीले जानकारी दिए । ईभी र ईभी चलाउंदा जान्नु पर्ने विभिन्न कुरा हरु छलफल संगै दक्षिण एशियाकै पहिलो नैकाप स्थीत ईभी लर्णिङ्ग सेन्टर को पनि भ्रमण गराउनु भयो ।

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।

 

 

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’...

वि.सं.२०८० चैत २९ बिहीवार २३:४३

  नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको...

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

वि.सं.२०८० चैत २९ बिहीवार २३:३९

    मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको...

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत २९ बिहीवार २३:३६

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको...

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१३

  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक...

वि.सं.२०८० चैत २९ बिहीवार २०:३३

कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर...

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर भेइकल र कार्गो भ्यान

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर...

वि.सं.२०८० चैत २९ बिहीवार १९:३९

भेइकल र कार्गो भ्यानका रुपमा दुईवटा विधुतीय गाडी भित्राएको छ...