nic bank
himalayan everesat
Nmb bank

मेगा बैंकको साधारणसभाबाट नेपाल इन्भेस्टमेन्टसँगको मर्जरलाई अनुमति

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारणसभाले नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।

 

बिहीबार काठमाण्डौमा सम्पन्न मेगा बैंकको १२औँ वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता सेयरबराबर मेगा बैंकका सेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः९०) मा एक आपसमा गाभ्ने, गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो। योसँगै नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ। दुवै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड रहनेछ।

 

 

साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उचो बनाउन दुवै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापन तथा सेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्घि र निरन्तरता दिइने विश्वास व्यक्त गरे। ‘हामीले ‘हलोदेखि हाइड्रो’ सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोहीअनुरुप सबैभन्दा बढी सेयरधनी भएको बैंक र सबैभन्दा बढी रु. २३३ करोड चुक्तापुँजी भएको बैकका रुपमा मेगा बैंक स्थापना भयो’, उनले भने, ‘त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौँ, मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु।’

 

यसैगरी साधारणसभाले सेयरधनीहरुका लागि बोनस सेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ। आ.व. २०७८–७९ सम्म सञ्चित भएको बितरणयोग्य रकम १ अर्ब २६ करोड ३० लाख ५९ हजार ५२०.८० रुपैयाँबाट हाल कायम चुक्तापँुजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँ ३६ पैसाको ४ प्रतिशतले हुन आउने रकम अक्षरेपी ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ १३ पैसा बोनस सेयर लाभांश र ३.७९ (राउन्डिङमा) प्रतिशतले हुन आउने रकम रु. ६१ करोड २ लाख ४३ हजार २८० रुपैयाँ ६६ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको हो।

 

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन्। आर्थिक समावेशितालाई प्राथमिकता दिँदै जनताको घरदैलोमा बैंकको सेवा पु¥याई शहरदेखि दूरदराजका गाउँसम्मका आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना भएको मेगा बैंकले वित्तीय बजारमा उत्कृष्ट छविको परिचय बनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफल भएको उनले बताइन्।

 

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको श्रेष्ठको भनाइ थियो। श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताइन्। उनका अनुसार चालू आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

 

यसैगरी कर्जा ३ अर्ब ९१ करोड रुपैयाँले वृद्धि भइ १ खर्ब ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ। यसैगरी कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैयाँ सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैयाँ पुनर्कर्जाहरु प्रवाह गरेको छ।

 

बैंकलाई थप मजबुत एवं प्रतिस्पर्धी बनाउन, व्यवसायको दायरा एवं आकारमा वृद्घि गर्न, शाखा तथा सञ्जालहरुको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको छ। जसअन्तर्गत २०७८–७९ मा मेगा बैंकले २१ वटा नयाँ शाखा र १ वटा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई ९ वटा एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरिएको छ। हाल बैंकको २०८ शाखा र २७ वटा एक्सटेन्सन काउन्टर छन्।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...