nic bank
himalayan everesat
Nmb bank

मुक्तिनाथ विकास बैंकले तोक्यो साधारण सभा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १६ औं वार्षिक साधारण सभा पुस ३० गते विहान १० बजे पोखरा कास्कीमा बोलाएको छ । बैंकको साधारण सभाले लाभांश सहित अन्य प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित गत असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र वैकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

सभाले बैंकको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८२६.८४ रुपैयाँ बाट बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६ अर्ब ४२ करोड ९ लाख २७२.५१ रुपैयाँ पुर्याएर प्रबन्धपत्र संशोधन गर्नेछ ।

मुक्तिनाथ विकास बैंकसँग गाभिनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अक्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दा निकायबाट फेरबदल गर्न निर्देशन आएमा सोही अनुसार थपघट, परिमार्जन, संशोधन तथा सच्याउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।

यस्तै, काठमाण्डौको लाजिम्पाटमा निर्माणाधीन केन्द्रीय कार्यालय भवनको विषयलाई पनि साधारण सभामा एजेण्डा बनाइएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउ सक्नेछन् ।

प्रभु बैंक लिमिटेडले  पोखराको नयाँगाउमाँ  शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लिमिटेडले  पोखराको नयाँगाउमाँ  शाखा कार्यालय...

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०८:२५

  प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम...

वि.सं.२०८१ वैशाख ३ सोमवार १६:२५

  नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको...

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य,...

वि.सं.२०८१ वैशाख ३ सोमवार १६:१०

  ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन...

सेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित

सेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३...

वि.सं.२०८१ वैशाख २ आइतवार १७:५७

  सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५...

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने”...

वि.सं.२०८१ वैशाख २ आइतवार १५:२८

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन...

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ...

वि.सं.२०८१ वैशाख २ आइतवार १२:२१

  नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच...