nic bank
himalayan everesat
Nmb bank

कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौ । हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको आज विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको छ ।

विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री श्री राजेन्द्र सिंह पंकजको विशेष पहलमा सम्पन्न उक्त शिला पूजन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार सहित स्थानीय कार्यकर्ता, जानकी मन्दिरका महन्थ श्री राम तपेश्वर दास बैष्णव, गण्डकी प्रदेश प्रमुख पृथ्वी गुरूङ्ग, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, नेपाली काँग्रेसका बरिष्ट नेता विमलेन्द्र निधि सहितको उपस्थिति रहेको थियो ।

कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ र पाँच फिट चौडाइका दुई थान शिलाको पहिचान गरिएको थियो । विश्व हिन्दू परिषद् नेपालका महासचिव श्री जितेन्द्र कुमार सिंहले उक्त शालिग्राम बेनीबाट पोखरा, हेटौँडा हुदै जनकपुरधाम स्थिति जानकी मन्दिरलाई हस्तान्तरण गरिने र त्यहाँबाट अयोध्या लगिने बताउनुभयो ।

जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । ‘अयोध्याको आकर्षणको केन्द्र रामको मूर्ति बनाउन शिला लैजाने यस कार्यले अयोध्या, जनकपुर र मुक्तिनाथबीच पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुनेछ ।’ महासचिव सिंहले बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...