Nabil Bank
Everest Bank Limited
prabhubank

बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।

बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्का ज्यु ले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्ज लाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम हुनु भयो । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा ज्यु दोश्रो हुन सफल हुनुभयो । त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहनु भयो ।

कार्यक्रममा सहभागी मध्ये २२ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सक्नु भएको थियो ।

 

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्का ज्यु ले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलईडि टिभी जित्नु भएको छ । त्यसै गरी दोश्रो स्थानमा रहनु भएको गोपाल शर्मा ज्युले सामसुंग ओभेन जित्नुभएको छ ।
तेश्रो स्थानमा रहने सुवोध भट्टराई ज्यु ले एयर फ्रायर जित्नुभएको छ ।

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख श्री शावन्त जंग सिजापती ज्यूले जानकारी गराउनु भयो ।

 


यही पौष ३० गते शनिबार, सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवा स्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हूदैै बुटवल बजार परिव्रmमा गरी सिदार्थ कटेजमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो ।

इभीको उपयोग गरिदिनुहुने ग्राहकवर्गबाट मिलेको बहुपक्षिय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रम मार्फत उहाँहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारी ज्यूले जानकारी गराउनु भयो ।

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो...

वि.सं.२०८१ असार ९ आइतवार १५:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार...

स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा कुषि विकासलाई समस्याग्रस्त सहकारी घोषणा

स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा...

वि.सं.२०८१ असार ७ शुक्रवार २३:११

  भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ ।...

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फद, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फद,...

वि.सं.२०८१ असार ७ शुक्रवार २३:०८

  काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक...

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म...

वि.सं.२०८१ असार ७ शुक्रवार २३:०३

  काठमाडौं । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म...

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच  सम्झौता 

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट...

वि.सं.२०८१ असार ७ शुक्रवार २२:५७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल...

रोजगारी खोज्ने युवालाई ठुलो अवसर : सहकारी मन्त्री

रोजगारी खोज्ने युवालाई ठुलो अवसर : सहकारी...

वि.सं.२०८१ असार ७ शुक्रवार २२:४९

  काठमाडौं । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने...