गृहमन्त्री लामिछानेको ओजन देखियो, धमाधम भएको सुरुङमार्ग निर्माणको काम यसरी रोकियो

वि.सं.२०७९ माघ ३ मंगलवार १०:१३

काठमाडौ । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण रोकिएको छ । निर्माण सामग्री ढुवानी हुन नसक्दा आयोजनाको काम रोकिएको हो ।
आयोजना प्रमुख रामहरी पोखरेलले बालुवा तथा गिट्टी अभावमा सुरुङमा कंक्रिटिङ गर्ने काम रोकिएको बताए । आयोजनाले धादिङको धुनिबेंसीबाट बालुवा ल्याएर काम गर्दै आएको थियो । तर, क्रसर व्यवसायीले ढुवानीमा अवरोध गरेपछि बालुवा ल्याउन नसक्दा काम रोकिएको पोखरेलले बताए ।
गृह मन्त्रालयले गत पुस २० गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर बन्द गराउन भनेको थियो । सोही अनुसार पछिल्लो दुई हप्ताको अवधिमा जिल्ला प्रशासनहरूले ७०० बढी अवैध क्रसर उद्योग बन्द गराएका छन् । मापदण्ड विपरीत उद्योग बन्दा गराएपछि क्रसर व्यवसायीले निर्माण सामग्री ढुवानी बन्द गराएका छन् ।
‘दैनिक दुई सिफ्टमा काम भइरहेको थियो । हामीले वैध क्रसरबाटै बालुवा ल्याउँदै आएका छौं,’ उनले भने, ‘तर, क्रसर व्यवसायीले ढुवानीमा अवरोध गरेपछि बालुबा नहुँदा काम रोकिन पुगेको छ ।’ बालुवा ढुवानी सहज बनाउन सरकारसँग आग्रह गरिएको उनले बताए ।
निर्माण सामग्री अभावमा काम रोकिन पुगेपछि ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्ति दाबी गर्नसक्ने उनले बताए । ‘काम गर्न सामान नभएपछि कामदार खाली बस्नुपर्ने अवस्था आएको छ । त्यसबापत उनीहरूले क्षतिपूर्ति माग्छन् । हामीले त्यो दाबी रकम तिर्नुपर्छ ।’
सरकारले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गराए पनि क्रसर व्यवसायीको दादागिरीले वैध उद्योग समेत संचालनमा अवरोध उत्पन्न भएको छ । जसले देशभरका विकास आयोजना प्रभावित हुन थालेका छन् ।
हालसम्म कति भयो काम ?
४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७६ कात्तिकबाट निर्माण सुरु भएको थियो । कोभिडका कारण थपिएको म्यादसहित आगामी असार मसान्त भित्र आयोजनाको काम सक्नुपर्ने हुन्छ । तर, हालसम्म करिब आधा पनि काम सम्पन्न भएकाले सो आयोजना समयमै सकिने देखिँदैन ।
नागढुंगा(नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार पुस हालसम्म समग्रमा ४७।९० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, वित्तीयतर्फ ४९।५९ प्रतिशत प्रगति भएको छ ।
सुरुङ खन्ने काम भने ७३।३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार २४५ मिटर सुरुङ ९मुख्य र स्केप टनेल गरी० मध्ये हालसम्म ३ हजार ८२९ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।
आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७८२।८० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ८५१।२० मिटर र धादिङतर्फ ९३१।६० मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन ९स्केप टनेल० सुरुङ खन्नुपर्नेम हालसम्म २ हजार ४६।२० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार ९८।६० मिटर र धादिङतर्फ ९४७।६० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
हालसम्म ३ हजार ८२९ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४।२० क्रस प्यासेज गरी कुल ४ हजार २९।२० मिटरको काम सम्पन्न भएको छ । त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४।२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८।१ मिटर र धादिङतर्फ ३६।१ मिटर निर्माण गरिएको छ ।
आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ४७० मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।
नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।