nic bank
himalayan everesat
Nmb bank

बैदेशिक रोजगारीको क्षेत्रमा नयाँ आयाम ल्याउन प्रयाशरत छौ : संचालक डि.के. राई

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । राजधानीको मैतीदेवीमा रहेको जंग दोंग मेनपावर प्रा. लि .ले छोटो समयमा वैदेशिक रोजगारको क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गरेको छ । आफै बैदेशिक रोजगारमा रहेर अनुभव सँगालेका र अझै बिदेशमै रहेर काम गरिरहेका युवा ब्यावसायीहरुद्वारा संचालीत जंग दोंग मेनपावरले छोटो समयमा नै आफ्नो ब्रान्ड बनाउने तयारीमा जुटेको छ । यो मेनपावरले मलेसिया र मध्यपुर्वका कतार,युएई,कुवेत,बहराईन,साउदी अरबलगाएतका देशमा आकर्षक बैदेशिक रोजगारीमा पठाउने गर्दछ ।

 

जंग दोंग मेनपावर प्रालि मलेसियामै बर्षौ बसेका डिक बहादुर राई,मलेसियामा २० बर्ष बसेर रोजगारी गरि फर्किएका मदन तामाङ,युवा ब्यावसायी ज्ञान तामाङ र सुरेश बस्नेतले संचालनमा ल्याएका हुन । सामान्य मध्यमवर्गीय परिवारमा जन्मे हुर्केका संचालकहरुका लागि वैदेशिक रोजगार व्यवसाय नयाँ क्षेत्र र नयाँ पेशा नभए पनि मेनपावर नै संचालन गरेको भने पहिलो हो । उनिहरुको मेनपावर शुरु गर्नु कारणका बारेमा थप केही नयाँ गर्ने आत्मविश्वास र उर्जा नै रहेको बताउछन । कडा मेहेनत, इमान्दारिता र लगनशीलताले पेसा व्यवसायमा सफल हुने सत्यलाई मुलमन्त्र बनाएका उक्त मेनपावरका संचालकहरुले वैदेशिक रोजगारसँगै अन्य व्यवसायलाई पनि अगाडि बढाएका छन । उनिहरुले सफल हुन कडा मेहनत र इमान्दारिताको साथमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न सक्नुपर्ने बताउँछन् ।

उक्त मेनपावरका संचालक राईले आफू सामान्य मध्यमवर्गीय परिवारमा जन्मे हुर्केको मान्छे भएको जनाउदै यो ब्यावसायका कारण धेरै युवायुवती हाल वैदेशिक रोजगारमा कार्यरत रहेको र देशमा बेरोजगारि समस्या हटाउन आफ्नो पनि योगदान रहोस भन्ने नै रहेको बताउछन । राईले हाल देखिएको सफलता आफूले एकैदिनमा प्राप्त गरेको नभई बर्षौको मेहनत रहेको बताउछन । यसमा मेरो वर्षौंको कडा मेहनत, पसिना र इमान्दारिता मिसिएको छ । कडा परिश्रम, इमान्दारिता, निरन्तरता र प्रतिकुल अवस्थाको धैर्यताले नै कुनै व्यक्ति वा व्यवसायी सफल बन्न सक्छ भन्ने कुरामा म विश्वास गर्छु ।

व्यापारमा जोखिम पनि मोल्न तयार हुनुपर्छ, अनि इमान्दारिता पनि उत्तिकै जरुरी छ । आज जति कठिन छ भबिस्यमा झनै कठिन अवस्था आउँन सक्छ । तर, एकदिन निश्चय नै गन्तव्यमा पुग्न सकिने राई दावी गर्छन । ‘टिम वर्क इज ड्रिम वर्क’ भन्ने भनाइलाई आत्मसात गर्दै सोही अनुसार काम गर्दै अगाडी बढ्दा उत्कृष्ट मेनपावर बनाउने ईच्छा पुरा हुने बताउछन राई । एउटा सफलताले अर्को सफलताको लागि प्रेरित गर्ने भएकाले ब्यावसायमा लागेको राईले बताए ।

 

अहिलेको अवस्थामा व्यवसाय संचालन गर्दा व्यवसायमा धेरै समस्याको सामना गर्नुपरेको जनाउदै
राईले सरकारी नीति र व्यवहारमा खासै नमिलेकोले हाल ब्याबसायमा केही समस्या सिर्जना उत्पन्न भएको बताउछन । कानून व्यक्ति वा व्यवसायलाई विधिभित्र रहेर काम गर्न सक्ने गरी निर्माण गर्नुपर्ने र वैदेशिक रोजगार व्यवसायीले कामदार पठाए बापत लिन पाउने सेवा शुल्क अलि व्यवहारिक भए यो क्षेत्रमा समस्या उत्पन्न नहुने राईको दावी छ ।

बैदेशिक रोजगारी दक्षिण एशियाली मुलुक सरह भएको भए अझै सहज र पारदर्शी ढंगले काम गर्न सकिने राईको कथन छ । कोही कसैलाई पनि नियतवश दुःख दिनु हुँदैन र कहिले काहीँ काम गर्दै जाँदा तलमाथि पनि हुनसक्छ तेस्लाई इमान्दार भएर अघि बढेमा हरेक समस्याको समाधान हुने राई बताउछन । वैदेशिक रोजगारसँग सम्बन्धित सबै निकायले अनलाइनमार्फत सेवा दिन सकेमा यो क्षेत्रलाई छिटो, छरितो र विश्वाशिलो बनाउन सकिने राइको भनाई छ । वैदेशिक रोजगारमा जाने जो कोहीले यो क्षेत्र बुझेर अनी आफू जाने कम्पनी, काम र तलवका बिषयमा जानकारी लिएर मात्रै बिदेश जादा समस्या नहुने राई दावी गर्छन ।

यस बाहेक नेपाली कामदारको सीप र दक्षता बढ्न नसक्दा उनीहरूले समकक्षी विदेशी कामदारले भन्दा बढी जोखिमयुक्त काम गर्नुपर्ने र कम तलब सुविधा पाउने अवस्था भएकाले आफू जाने कामको बिषयमा केही भने पनि सिकेर जादा समस्या कम आउने राई बताउछन ।

उनले ओरियन्टेशन नाम मात्रको भएको र कानूनीरूपमा एजेन्ट हटे पनि उनीहरूले कामदारलाई घेराबन्दी गरेर सिधै मेनपावर कम्पनी आउन नदिने अनुचित प्रलोभनमा पारेका कारण ठगीका घटनाहरु बढने गरेको बताए । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन यसभित्रका खराब कुरा रोक्न जरुरी रहेको बताउछन राई ।

सरकारले वैदेशिक रोजगारलाई शोषणमुक्त बनाउन फ्रि भिसा र फ्रि टिकट निर्णय गरेकोे आधा दशक हुदा पनि फ्रि भिसा फ्रि टिकट पूर्णरूपमा कार्यान्वयन नहुनुको कारण सरकारको अस्पस्ट निती रहेको संचालक राई बताउछन ।

उनले फ्रि भिसा फ्रि टिकटको सैद्धान्तिक पक्ष अत्यन्तै राम्रो रहेको भए पनि नेपालमा सरकारले निःशुल्क भनेर मात्रै नहुने र विदेशमा व्यापारमा निःशुल्क हुँदैन भन्ने मान्यता रहेकाले नेपालीको सम्भावना हरु बाहिर गैरहेको राई बताउछन । राईले मेनपावर ब्यावसायीको चाहना रोजागारदाताले नै सम्पूर्ण भर्ना खर्चहरु प्रदान गरोस् भन्ने नै रहेको तर सम्पूर्ण खर्च नतिरेको अवस्थामा स्वयं कामदारले हवाई टिकट गरेर जाने सम्मको व्यवस्था बनाउन सकेमा यो क्षेत्र अझै राम्रो हुने बताए ।

राईले अन्य श्रोत मुलुकभन्दा नेपालको कामदार भर्ना प्रक्रिया झन्झटिलो र लामो भएकोले रोजागारदाताहरु नेपाली व्यवसायीसँग त्यति खुशी नरहेको जनाउदै केही रोजगारदाताले यसै कारणले गर्दा नेपाललाई दिएको डिमाण्ड रद्द गरी अन्य देशहरुबाट पनि कामदार लिएको बताउछन । पछिल्ला दिनमा मलेसियामा न्यूनतम तलब १५ सय र कतारले १३ सय रिंगेट बनाएकोले पनि वैदेशिक रोजगारमा जानेको आकर्षण बढ्दो छ ।

 

देश अझै पनि आर्थिक संकटमा रहेको जनाउदै राईले बेरोजगारी समस्या समाधान गर्न बैदेशिक रोजगारीको बिकल्प नभएको दावी गर्छन । विदेशस्थित दूतावासहरूमा काम गर्ने कर्मचारीले आफ्नो भूमिका र दायित्व नबुझेको जनाउदै राईले कुटनैतिक नियोगमा जानु भनेको देशको लागी काम गर्न नै रहेकाले सह

 

जरूपमा नेपाली कामदारका लागी आएको मागपत्र प्रमाणित गरिदिने र समस्यामा पर्ने कामदारको समस्या चासोका साथ हेरिदिए हाल व्यवसायी र कामदारमा रहेको निराशा र आक्रोस हट्दै आर्थिक संकटबाट देशलाई मुक्त गर्न ठूलो सहयोग पुग्ने बताउछन राई । राईले खाडी र मलेसिया केन्द्रित भएको नेपालको वैदेशिक रोजगारलाई युरोपेली लगाएत अन्य देशहरूमा विस्तार गर्न सकिँने तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

हामीले युरोपेली मुलुकलगाएत बिकसित मुलुकमा नेपाली कामदार पठाउन पाए रेमिट्यान्समा बिर्द्दी हुन्छ । उक्त मेनपावरका अर्का संचालक मदन तामाङले व्यवसाय सफलताका लागि आफूसँग भएको ज्ञान, सीप र क्षमताको उच्ततम प्रयोग गरि वैदेशिक रोजगारका विविध विषयमा केही नयाँ कुरा सिक्दै,सिकाउदै सबैसँग सहकार्य गरी वैदेशिक रोजगार ब्याबसाय संचालनमा ल्याउने बताउछन ।

 

उनले आफुले बिसौ बर्ष मलेसियामा सिकेको सिपलाई आफुहरुले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा प्रयोग गर्न ब्यावसाय संचालन गरेको दावी गर्छन । उनले ब्यावसायको क्रममा कोही कसैलाई पनि नियतवश दुःख दिनु हुँदैन र कहिले काहीँ काम गर्दै जाँदा तलमाथि भएपनि इमान्दारका साथ्वअघि बढेमा हरेक समस्याको समाधान रहेको जनाए ।

 

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...

नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:०७

नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन्...