Dish Media Network
global ime bank
machapuchhare  bank

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

 

काठमाडौं । जनवरी २७, २०२३स् वाह १ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन – अलैंचीको प्रयोग गरि तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरू सहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन्। साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन्।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह१ अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो। सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरूले उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाण्डौंका प्रोफेसनल शेफहरूको टोलीद्वारा सावधानीपूर्वक चयन र परिक्षण गरिएको थियो।

 


सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघ ९ँीऋभ्ल्० ले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग ९स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (क्म्ऋ० को सहयोगमा होटल एसोसिएसन नेपाल ९ज्ब्ल्० सँगको सहकार्यमा, वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।

हाल दोस्रो चरणमा रहेको वाह१ अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ । यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरूसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न संचार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।

 

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...