Nabil Bank
Everest Bank Limited
prabhubank

महिन्द्राको एक्सयूभी ७०० नेपालमा सार्वजनिक

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’) नेपालमा सार्वजनिक गरेको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपालमा याे सार्वजनिक गरिएकाे हाे ।

कम्पनीकाे अनुसार नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ ।

कम्पनीले महिन्द्रा एक्सयूभी ७०० काे सुरुवाती मूल्य ७४ लाखको ताेकेकाे छ । यो मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने कम्पनीले बताएकाे छ ।

यस एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।

कम्पनीकाे अनुसार सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ ।

बजाज पल्सर एन १५० अब नेपाली बजारमा

बजाज पल्सर एन १५० अब नेपाली बजारमा

वि.सं.२०८१ असार ३ सोमवार ०९:०७

  काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारिक...

नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ ३१गते देखि खोलिंदै

नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ...

वि.सं.२०८१ जेठ ३० बुधवार २१:४८

    काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही...

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमाले दियो भन्सार विभागलाई सात बुँदे सुझाव

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमाले दियो भन्सार...

वि.सं.२०८१ जेठ २७ आइतवार ००:०४

  काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि...

सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी थ्री साइन नेपालमा सार्वजनिक

सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी थ्री साइन...

वि.सं.२०८१ जेठ २१ सोमवार ०३:५१

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

विद्युतीय सवारीमा कर बढाएको भन्दै नाडाले गर्यो विरोध

विद्युतीय सवारीमा कर बढाएको भन्दै नाडाले गर्यो...

वि.सं.२०८१ जेठ १८ शुक्रवार ०८:१३

  विद्युतीय सवारीसाधनमा कर बढाइएको भन्दै अटो व्यवसायीले विरोध जनाएको...

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा उद्घाटन

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा उद्घाटन

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२१

  काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ...