Dish Media Network
global ime bank
machapuchhare  bank

सार्वजनिक विदा प्रति माइतीघरमा विरोधसभा आयोजना

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । राष्ट्र र जनतासँग प्रत्येक्ष सरोकार राख्ने सार्वजनिक विदा राजनीतिक दल विशेष बन्दै गएको प्रति सार्वजनिक सरोकार मञ्चले आज माइतीघर मण्डलामा एक कार्यक्रम राखी घोर भर्सना गरेको छ ।

बढ्दो बेरोजगारसँगै आर्थिकरुपमा जर्जर रहेकोे मुलुकमा एक पछि अर्को गर्दै राज्यशक्तिको चरम दुरुपयोग गरी मनलागि सार्वजनिक विदा दिएको भन्दै मञ्चले विरोध जनाएको हो । एक दिनको सार्वजनिक विदाले राज्यलाई पर्ने आर्थिक भारदेखि नागरिकले पाउने प्रशासनिक सेवामा प्रभावित, विद्यार्थीहरुमा पर्ने पढाईमा बोझ र न्यायलयमा तारिक पेसी फैसला लगायतमा असर पर्ने भएपनि सरकार बेखबर रहेको मञ्चले जनाएको छ ।

हरेक जात विशेष पर्वमा विदा, राजनीतिक पार्टी स्थापनाको विदा (शस्त्रयुद्ध दिवस सार्वजनिक विदा) लगायतका विदाले देशको आर्थिक अवस्था चुनौती बन्दै गएको सार्वजनिक सरोकार मञ्चका संयोजकसमेत रहेका डा.कृष्ण कुमार तामाङले बताए ।

 

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता हेब बहादुर खड्काले जहाज दुर्घटना हुदा सार्वजनिक विदा, पार्टीले शस्त्रद्धन्द शुरुको दिनमा सार्वजनिक विदा, नेता महाराजाको जन्मोत्सवमा विदा दिनु देश र जनता माथि अन्याय भएको बताए ।

 

त्यस्तै अर्का वक्ता राधाकृष्ण कटवालले सार्वजनिक विदा सम्बन्धमा स्पष्ट कानुन बनाउन जरुरी रहेको वताए । जसलाई जति बेला मन लाग्यो त्यति बेला सार्वजनिक विदा दिन नमिल्ने कानुन निर्माण हुन जरुरी भएको पनि कटवालले बताए । रेमिट्यान्समा चलेको देशमा कर्मचारी रिजाउन विदा माथि विदादिने संस्कारको अन्त्य हुनुपर्नेमा पनि कटवालले जोड दिए ।

 

विरोधसभामा समाजसेवी सुर्य खडका, राधादेवी तामाङ , डा. आमोद वञ्जन लगाएत दर्जनौं व्यक्तिहरुको उपस्थिति रहेको थियो । मञ्चले सार्वजनिक सरोकारका विषयमा निरन्तर खवरदारी गरिरहने जनाएको छ ।

 

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...