nic bank
himalayan everesat
Nmb bank

राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्दै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

डल-ई र दाविंचीको एआई जेनरेटरहरू द्वारा संचालित भाइबर एप मार्फत एआई च्याट एन्ड क्रिएट च्याटबटले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोध्न र तस्बिरहरु डिजाइन गर्न सहजता प्रदान गर्दै

काठमाडौं, नेपाल फेब्रुअरी, २०२३ ।  राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपले नयाँ च्याटबट, एआई च्याट एन्ड क्रिएट को सुरुवात गरेको छ जसले प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ। डल-ई र दाविंची जस्ता जेनेरेटिभ एआईका विशिष्ठ प्रयोग गरीएको भाइबर एपको माध्यम बाट प्रयोगकर्ताहरूले च्याटबट मार्फत कुनैपनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंग बाट प्रयोग गर्न सक्नेछन्।

परिवर्तनशिल संसारमा लैजाने नवीनतम एआई उपकरणहरू प्रयोग गर्न चाहने प्रत्येक एआई सेवाको लागि प्रयोगकर्ताहरूले नयाँ एकाउन्ट बनाउनुपर्ने हुन्थ्यो, र धेरैजसो एआईले कसरी काम गर्छ भन्ने आधारभूत बुझाइ र प्राविधिक जानकारी हुन आवश्यक हुन्छ, एआईमा बढ्दो चासोको कारण भाइबरको लक्ष्य भनेको एआई लाई थप पहुँचयोग्य र यसका प्रयोगकर्ताहरूका लागि सहज बनाउनु हो। भाइबरले जटिल प्रविधि र प्रयोगकर्ता बीचको सहजताको लागि पुलको रूपमा काम गर्दछ जसको कारण प्रयोगकर्ताहरूले आफ्नो इमेल प्रयोग नगरीकन वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको भरपुर आनन्द लिन सक्नेछन्। केही ट्यापबाट नै प्रयोगकर्ताहरूले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिन सक्छन्।

“अहिले विश्व प्राविधि क्षेत्रमा एआई टेक्नोलोजीको बारेमाको धेरैको ध्यानाकर्षण भएको छ,धेरै भन्दा धेरै मानिसहरु यस प्राविधिबाट प्राप्त गर्ने चमत्कारहरु प्रयोग बारे बुझ्दै छन्। यद्यपि, यी उपकरणहरूमा पहुँच सबैका लागि सरल छैन, तर हामी एप भित्र कुनै विशेष सेवामा दर्ता नगरी, भाइबर च्याटको सुविधामै विभिन्न एआई सेवाहरू प्रयोग गर्ने सबैभन्दा सजिलो तरिका, बिना झन्झट र पूर्ण रुपमा प्रदान गर्नेछौ। हामी यी उद्योग-अग्रणी एआई उपकरणहरूलाई सिधै एपमा पहुँच प्रदान गर्दछौं, जसको मद्दतले प्रयोगकर्ताहरूले आफ्नो सिर्जना वा जवाफहरू तुरुन्तै प्रस्तुत गर्न सक्छन्। हाल च्याटबटले दुई विकल्पहरू प्रदान गर्दछ – एउटा तस्बिरहरूका लागि र अर्को टेक्स्टका लागि – हामी निकट भविष्यमा अन्य सेवाहरु निरन्तर विस्तार गर्न खोजिरहेका छौं।” राकुटेन भाइबरका सीईओ ओफिर इयालले भन्नुभयो।

अर्गानिक पद्दतीबाट च्याटबटमा पहिले नै ६,००० भन्दा बढी सब्स्क्राईबर्सका साथै २५०,००० भन्दा धेरै दर्शकहरू छन् र यो सँख्या निरन्तर बढ्दै गईरहेको छ। यदि तपाइँलाई यसको प्रयोग कहाँबाट सुरु गर्ने भन्नेबारे थाहा छैन भने, च्याटबटको लागि ‘इन्स्पायर मी’ मा क्लिक गरी यसको क्षमताको उदाहरणहरु हेर्न सकिन्छ।

एआई च्याट एन्ड क्रिएट च्याटबट भाइबर एपको च्याट फंक्शन वा यसको एक्सप्लोर पेजमा सर्च गरी फेला पार्न सकिन्छ। त्यहाँबाट, अझ सहज बनाउनक लागि प्रयोगकर्ताहरुले च्याटबटमा सब्स्क्राईब गरी एआई प्रविधिको असीमित पहुँच पाउन सक्नेछन्। यी सुविधाहरु प्रयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस्: https://vb.me/8ab600

राकुटेन भाइबरको बारेमा:
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्। भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो। आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस्।

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:२४

  स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने...

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:३३

  नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:२७

    एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता...

माछापुच्छ्रे बैंकले नयाँ भवन रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरमा

माछापुच्छ्रे बैंकले नयाँ भवन रुपन्देही जिल्लाको सिद्धार्थनगर...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २१:५४

माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित...