nic bank
Nmb bank
Machhapuchchhre Bank

बीवाइडीका गाडी किन्नेलाई एभरेष्ट बैंकले सजिलै कर्जा दिने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र एभरेष्ट बैंक बीच एक सम्झौंता भएको छ । सम्झौंता अनुसार बीवाइडीका विद्युतीय कार किन्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट सजिलै कर्जा पाउने छन् ।

 

एभरेष्ट बैंकले विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र भएको र वातावरणमा यसको ठूलो फाइदा रहेको कारण बीवाइडीका विद्युतीय कारमा कर्जा दिने निर्णय भएको जनाएको छ ।

सम्झौंतापछि एभरेष्ट बैंकका डेपुटी जनरल मेनेजर केशवराज पौडेलले भने, ‘वातावरणमैत्री बीवाइडीका गाडीमा कर्जा दिने सम्झौंताले विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएका छौं ।’

 

केशवराज पौडेल उपमहाप्रबन्धक हुनुहुन्छ। 

अहिले बीवाइडीले न्यू जेनेरेशन इ६ र एटो ३ जस्ता एसयूभी र एमपीभी विक्री गर्दै आएको छ । केही दिनअघि मात्रै कम्पनीले एटो ३ को १०० किलोवाट क्षमताको मोटरमा नयाँ भेरियन्टको बुकिङ खुल्ला गरेको छ । बुकिङ खुल्लासँगै एटो ३ प्रति ग्राहकले धेरै चासो देखाएको कम्पनीको भनाई छ ।

 

एभरेष्ट बैंकसँगको सम्झौंतापछि साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन्, ‘बीवाइडी सधैं गुणस्तरिय र वातावरणमैत्री भेहिकल ग्राहकलाई दिन प्रतिवद्ध रहेको छ । एभरेष्ट बैंकसँगको सम्झौंताले बीवाइडीका गाडी किन्न चाहने ग्राहकले झन्झट रहित तरिकाले कर्जा सुविधा पाउने छन् ।’

 

दुई संस्था बीचको सम्झौंता अनुसार बीवाइडीका विद्युतीय साधन किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेपछि ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् ।

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १३:०४

काठमाडौं । बजारमा याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक भएको छ...

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:०७

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट...

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ...

वि.सं.२०८० चैत १५ बिहीवार २२:५९

  काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...