Dish Media Network
global ime bank
machapuchhare  bank

नेप्सेमा सूचीकृत ६३ हाइड्रोपावर मध्ये ४२ वटा नाफामा, कसले कति कमाए ? कति गुमाए ?

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत अधिकांश हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा सूचीकृत ६३ हाइड्रोपावर मध्ये शुक्रबारसम्म ५३ वटाले वित्तीय विवरण सार्वजनिक गरेका हुन् भने १० वटाको सार्वजनिक हुन् बाँकी छ ।

 

विवरण सार्वजनिक गरेका ५३ वटा हाइड्रोपावर मध्ये ३४ वटा हाइड्रोपावरको नाफा घटेको छ भने १९ वटाको बढेको छ । त्यस्तै, हाइड्रोपावरमध्ये ४२ वटा नाफामा रहेका छन् भने ११ वटा नोक्सानीमा रहेका छन् ।

 

चालु आवको पुस मसान्तसम्म हाइड्रोपावर कम्पनीहरूले कुल १ अर्ब ९७ करोड खुद नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा यी कम्पनीहरूले कुल ३ अर्ब १४ करोड खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा हाइड्रोपावर कम्पनीको नाफा औसतमा ३७.२१ प्रतिशतले घटेको छ ।

 

बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदर वृद्धिका कारण हाइड्रोपावर कम्पनीहरूको नाफा प्रभावित भएको हो । आयोजना निमार्णको लागि लिएको ऋणको ब्याज बढ्दा हाइड्रोपावरको नाफामा असर परेको हो ।

 

घाटामा जाने अधिकांश हाइड्रोपावरहरू निर्माणधीन अवस्थामा रहेका छन् । हाइड्रो प्रोजेक्टमा लगानी गर्दा आयोजना निमार्णका लागि ठूलो धनराशीका साथै समय खर्च हुन्छ । निर्माण सम्पन्न भइसकेपछि भने विद्युत् विक्रीबाट नियमित आम्दानी हुन्छ ।

 

सेयर बजारमा सूचीकृत १३ समूहमध्ये हाइड्रोपावर निकै चलखेल हुने समूहमा पर्दछ । अन्य समूहका कम्पनीको तुलनामा अधिकांश हाइड्रोपावर कम्पनीहरूको वित्तीय अवस्था निकै कमजोर र लाभांश क्षमता कम भए पनि सेयर मूल्यमा भने चलखेल हुने गरेको छ । सूचीकृत कम्पनीमध्ये करिब एक तिहाई कम्पनीले मात्र गत वर्षको नाफाबाट लाभांश दिएका छन् ।

धेरै नाफा कमाउनेमा चिलिमे अगाडि

समीक्षा अवधिमा सरकारी लगानीको चिलिमे हाइड्रोपावरले सबैभन्दा धेरै नाफा कमाएको छ । चालु आवको पुस मसान्तसम्म चिलिमेले ३९ करोड ३८ लाख रुपैयाँ कमाएको छ । यद्यपि, गत वर्षको तुलनामा चिलिमेको नाफा १.८३ प्रतिशतले घटेको छ ।

यसैगरी, दोस्रो धेरै नाफा कमाउनेमा निजी क्षेत्रको लगानी रहेको माउन्टेन इनर्जी रहेको छ । यस अवधिमा माउन्टेनले ३५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा जम्मा ८ वटा हाइड्रोपावरले मात्र १० करोड बढी नाफा कमाएका छन् । जसमा सानिमा माइ ३२ करोड ५२ लाख, बुटवल पावर २२ करोड ८७ लाख, २१ साहस ऊर्जा २१ करोड ५९ लाख, अरुण काबेली १५ करोड १३ लाख, माउन्टेन हाइड्रो १२ करोड ४ लाख र बिन्ध्यबावनिी ११ करोड २६ लाख रहेको छ ।

समीक्षा अवधिमा बलेफी हाइड्रोपावरको नाफा सबैभन्दा धेरै २० हजार ८८५ प्रतिशतले बढेको छ । गत वर्ष पुससम्म ४ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको बलेफीले चालु आवको सोही अवधिमा १० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।

१ दर्जन कम्पनी घाटामा, तामाकोशीको सबैभन्दा धेरै

वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरू मध्ये १ दर्जन हाइड्रोपावर नोक्सानीम रहेका छन् । तीमध्ये राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको घाटा सबैभन्दा धेरै छ ।

समीक्षा अवधिमा तामाकोशी ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानीमा छ । यस अवधिमा तामाकोशीको नोक्सानी साढे दुई गुणाले बढेको हो । गत वर्ष पुससम्म तामाकोशी ३३ करोड ५ लाख नोक्सानीमा थियो ।

दोस्रो धेरै घाटामा हुने कम्पनीमा न्यादी हाइड्रोपावर रहेको छ । समीक्षा अवधिमा न्यादी ११ करोड ११ लाख नोक्सानीमा रहेको छ । घाटामा रहेको अरु हाइड्रोपावरको नोक्सानी ५ करोडभन्दा कम रहेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम घाटा रिभर फल्स पावरको ६६ लाख १६ हजार रुपैयाँ रहेको छ ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...