nic bank
himalayan everesat
Nmb bank

आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने, योजना आयोगले गर्यो यस्तो परिपत्र

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको सिलिङ राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालयमा पठाउन सुरु गरेको छ । आयोगले आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन विभिन्न मन्त्रालयलाई सिलिङ दिने निर्णय गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले माघ १५ गतेसम्म बजेटको सिलिङ तोक्नुपर्ने व्यवस्था छ । तर, योजना आयोगले माघ १५ गते निर्णय गरेको भन्दै बिहीबारदेखि बल्ल विभिन्न मन्त्रालयलाई आगामी आर्थिक वर्षको सिलिङ पठाउन थालेको हो ।

ऐनको दफा ७ मा योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालू आर्थिक वर्षको माघ १५ गतेभित्र गरिसक्नुपर्ने उल्लेख छ ।

आयोगले चालू आर्थिक वर्षको संशोधित खर्च अनुमानभन्दा बजेटको आकार ९ प्रतिशत बढाउने गरी सिलिङ निर्धारण गरेको छ । चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँमात्रै खर्च हुने जानकारी प्रतिनिधि सभामा पेस गरेको छ ।

चालू आर्थिक वर्षका लागि योजना आयोगले १७ खर्ब ५० अर्ब रुपैयाँको बजेट सिलिङ दिएको थियो । तर, अर्थ मन्त्रायलयले आयोगले निर्धारण गरेको सिलिङभन्दा बजेटको आकार ४३ अर्ब रुपैयाँले बढाएको थियो । आम्दानी निश्चित नगरी गत वर्ष बजेटको आकार बढाउने निर्णय गरिएको भन्दै अर्थ मन्त्रालयले मध्यावधि समीक्षामार्फत चालू आर्थिक वर्षमा विनियोजन गरिएभन्दा १२ प्रतिशत कम रकम खर्च हुने अनुमान सार्वजनिक गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य तय गरेकोमा १२ अर्ब ४४ अर्ब रुपैयाँ संकलन हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । तर, अर्थ मन्त्रालयका उच्च अधिकारीहरु यो वर्ष ११ खर्ब पनि राजस्व संकलन गर्न कठिन हुने बताउँदै आएका छन् ।

‘चालू आर्थिक वर्षको संशोधित अनुमानअनुसार १५ खर्ब ४९ अर्ब रुपैयाँ खर्च गर्न पनि सरकारसँग स्रोत छैन,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘महँगो ब्याजदरमा आन्तरिक ऋण लिएर मात्रै ठूलो आकारको बजेट ल्याउने विकल्प हामीसँग छ ।’

चालू आर्थिक वर्षको ७ महिनामा सरकारले ५ खर्ब ४६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि, गत वर्ष ७ महिनामा ६ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यो वर्षको ७ महिनामा गत वर्षभन्दा १६ प्रतिशत कम राजस्व संकलन भएको अवस्थामा मन्त्रालयले आगामी ५ महिनामा गत वर्षभन्दा ५०.७५ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

गत वर्ष ५ महिनामा ४ खर्ब ६३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । आगामी ५ महिनामा ६ खर्ब ९८ अर्ब रुपैयाँ संकलन भएमात्रै राजस्व संकलनको संशोधित लक्ष्य पूरा हुनसक्छ । गत वर्षबराबर राजस्व संकलन गर्न आगामी ५ महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन हुनुपर्छ । त्यो भनेको गत वर्ष ५ महिनामा संकलन भएको राजस्वभन्दा २२.६४ प्रतिशत बढी हो ।

चालू आर्थिक वर्षको साउनदेखि गत वर्षबराबर राजस्व संकलन नभएकाले आगामी ५ महिनामा गत वर्षभन्दा २२ प्रतिशत बढी राजस्व संकलन हुने सम्भावना नरहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

यस्तै, गत वर्ष १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदासमेत ११ खर्ब १३ अर्बमात्रै राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको ७ महिनामा गत वर्षभन्दा २० प्रतिशत कम आयात भएको छ । आन्तरिक राजस्व विभागले गत वर्षबराबर राजस्व संकलन गरे पनि भन्सार विभागले गत वर्षबरारबार राजस्व उठाउने सम्भावना कम छ ।

विगत वर्षहरुमा जसरी बैंक तथा वित्तीय संस्थाबाट उपभोगका लागि सहज कर्जा दिने गरिएको थियो, आगामी दिनमा त्यसरी सहजै कर्जा प्रवाह हुने सम्भावना नभएकाले तत्काल माग बढ्ने सम्भावना नभएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

बजारमा माग बढेर आयात नबढ्दासम्म सरकारको राजस्व नबढ्ने नभएकाले ठूलो आकारको बजेट ल्याउन सकिने अवस्था नरहेको अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन् । तथापि, सरकारको अनिवार्य दायित्व बढ्दै गएकाले अहिले बजेटको आधार घटाउन सकिने अवस्था नरहेको अर्थ सचिव तोयम रायाको भनाइ छ ।

‘सामाजिक सुरक्षामा खर्च बढेको छ, राजनीतिक सहमति नहुँदासम्म चालू प्रकृतिको ठूलो खर्च कटौती गर्न सकिँदैन,’ उनले भने, ‘आगामी वर्ष ठूलो आकारको बजेट ल्याउने सम्भावना नहुँदासमेत अनिवार्य दायित्व पूरा गर्न बजेटको आकार बढाउनुको विकल्प हुँदैन ।’

सरकारले चालू आर्थिक वर्षको बजेट बनाउँदा वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखेकोमा उक्त अनुमान संशोधन गर्दै ३८ अर्ब ४ करोड रुपैयाँ कायम गरिएको छ । यस्तै, बजेट बनाउँदा वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा १ खर्ब ७० अर्ब रुपैयाँ मात्रै प्राप्त हुने संशोधित लक्ष्य कायम गरिएको छ ।

यस्तै, आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा २ खर्ब ४० अर्ब रुपैयाँ परिचालन हुने अनुमान गरिएको छ ।

आगामी वर्षमा वैदेशिक सहयोग र ऋणका साथै आन्तरिक ऋणबाट ठूलो रकम संकलन गर्ने सम्भावना नहुँदा पनि अर्थ मन्त्रालयले बजेटको सिलिङ तोक्दा वैदेशिक अनुदान, आन्तरिक र बाह्य ऋणबाट करिब ४ खर्ब रुपैयाँ जुटाउने र राजस्वबाट करिब १३ खर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ ।

 

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३५

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली...

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ : मन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३०

  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ५ बुधवार २०:४३

  एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा...

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न दिन आवश्यक : मन्त्री बस्नेत

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न...

वि.सं.२०८१ वैशाख ५ बुधवार १३:३०

  उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले...